नेपाल युएईसँग ४–० गोल अन्तरले पराजित

कात्तिक २०, २०७६ | आजको अर्थ
ajaako_artha

एएफसी यू–१९ च्याम्पियनसिप छनोटको पहिलो खेलमा नेपाल संयुक्त अरब इमिरेट्स (युएई)सँग पराजित भएको छ । इरानको तेहरानस्थित पिएएस मैदानमा आज भएको खेलमा नेपाल युएईसँग ४–० गोल अन्तरले पराजित भएको हो । खेलको पहिलो हाफमा दुई गोल खाएको नेपालले दोस्रो हाफमा पनि दुई गोल खायो ।

खेलको २७ औँ मिनेटमा नेपाली खेलाडीको आत्मघाती गोलबाट युएईले खाता खोलेको थियो । त्यस्तै खेलको पहिलो हाफको ३८आँै मिनेटमा युएईका इशा खालिफानले एक गोल गर्दै अग्रता दोब्बर बनाए ।

त्यस्तै खेलको ७१औँ मिनेटमा युएईका खालिफा युसुफले थप एक गोल गर्दै अग्रता तेब्बर बनाए भने खेलको दोस्रो हाफको अत्तिरिक्त समयमा अब्दुल्ला हामिदले एक गोल गरी युएईलाई ४–० को सहज जित दिलाए । समूह डीमा रहेको नेपालले अब आयोजक इरानसँग शुक्रबार खेल्नेछ । 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

बुलियन मार्केट

विनिमय दर

मुद्राखरिदबिक्री
U.S. Dollar११४.६०११५.२०
European Euro१२६.७७१२७.४४
UK Pound Sterling१४७.९३१४८.७०
Swiss Franc११५.५५११६.१६
Australian Dollar७८.०७७८.४८
Canadian Dollar८६.०९८६.५४
Singapore Dollar८४.१६८४.६०