नेपाल बैंकका कर्मचारी द्वारा ७० लाख हिनामिना

कात्तिक २१, २०७६ | आजको अर्थ
ajaako_artha

नेपाल बैंकका कर्मचारी भूपराज कोइरालाले आर्थिक अनियमितता गरेको खुलासा भएको छ।

कोइरालाले विभिन्न शाखामा प्रमुख रहँदा वास्तविकभन्दा बढी मुद्दती निक्षेप देखाएर बैंकबाट ब्याज असुल्ने र बढी भएको ब्याज आफ्नो खातामा स्थानान्तरण गरी अनियमितता गरेको आरोप बैंकले लगाएको छ। 

कोइरालाले करिब ६० देखि ७० लाखसम्म हिनामिना गरेको बैंकको प्रारम्भिक प्रतिवेदनले देखाएको छ। हाल यो मुद्दा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ९सीआईबी० ले अनुसन्धान गरिरहेको छ । 

कोइरालालाई बैंकले निलम्बन गरिसकेको छ। लेखा परीक्षणका क्रममा दोषी भेटिएपछि थप अनुसन्धानका लागि सीआईबीलाई आग्रह गरिएको बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले स्वीकार गरे।

कोइराला नेपाल बैंकका नवौं तहका कर्मचारी हुन्। 
कान्तिपुरबाट

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

बुलियन मार्केट

विनिमय दर

मुद्राखरिदबिक्री
U.S. Dollar११४.६०११५.२०
European Euro१२६.७७१२७.४४
UK Pound Sterling१४७.९३१४८.७०
Swiss Franc११५.५५११६.१६
Australian Dollar७८.०७७८.४८
Canadian Dollar८६.०९८६.५४
Singapore Dollar८४.१६८४.६०