चर्चित व्यापारी रुपज्योति विदेशबाट फर्किनेवित्तिकै पक्राउ

४ बर्ष अगाडि

काठमाडौँ । व्यापारी रुपज्योतिलाई ठगी अभियोगमा प्रहरीले पक्राउ गरेको छ । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ठगी आरोपमा पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ । 

 हाउजिङका नाममा विभिन्न व्यक्तिसँग करोडौँ ठगी गरेको आरोप उनीमाथि छ । रुपज्योति पूर्व अर्थसहायकमन्त्री समेत हुन् । 
जिल्ला अदालत काठमाडौंले  गत वर्ष मंसिरमा  ठगी मुद्दामा ज्योतिलाई पक्राउ गर्न अनुमति दिएको थियो। तर उनी त्यसविरुद्ध सर्वोच्च पुगेर अन्तरिम आदेश लिएका थिए। त्यसको २ वर्षपछि मंगलबार सर्वोच्चले रुप ज्योतिको विपक्षमा फैसला सुनाएको थियो।  

सर्वोच्चको उक्त फैसलासँगै प्रहरीलाई रुप ज्योति पक्राउ गर्न बाटो खुलेको थियो ।
उनलाई विदेशबाट फर्कँदा फर्कद्यै विमानस्थलबाट पक्राउ गरिएको हो । 
 

४ बर्ष अगाडि

प्रतिक्रिया