भूकम्प पछि चार हजार दुई सय पाँच घर बने

४ बर्ष अगाडि

भूकम्पबाट क्षति पुगेका घरमध्ये चार हजार २०५ घरको निर्माण सम्पन्न भएको छ । 

पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ भवनले दिएको जानकारीअनुसार जिल्लामा हालसम्म ६३ प्रतिशत घर बनेका हुन् । 

जिल्लामा रहेका सात हजार ३३५ लाभग्राहीमध्ये चार हजार २०५ जनाले आवास निर्माण सम्पन्न गरी तेस्रो किस्ता बापतको रकमसमेत लगिसकेको कार्यालयका इन्जिनीयर सुभाष न्यौपानेले जानकारी दिए । लाभग्राहीमध्ये ६ हजार ६२९ जनाले पहिलो किस्ता लगेका थिए । 

न्यौपानेका अनुसार दोस्रो किस्ता पाँच हजार २५३ जनाले प्राप्त गरेका छन् । भूकम्प प्रभावितहरुले आवास निर्माणका लागि पहिलो किस्ताबापत रु ५० हजार, दोस्रो किस्ताबापत रु एक लाख ५० हजार र तेस्रो किस्ताबापत रु एक लाख प्राप्त गर्ने छन् । 
 

४ बर्ष अगाडि

प्रतिक्रिया