नागरिक लगानी कोषमा १२ जनालाई रोजगारी खुल्यो

४ बर्ष अगाडि

नागरिक लगानी कोषले रोजगारीका लागि विभिन्न पदमा आवेदन आह्वान गरेको छ ।

खुल्ला प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति गर्नका लागि प्रशासन तथा प्राविधिक तर्फका १२ पदमा आवेदन आह्वान गरेको हो । 

कोषका अनुसार प्रशासन तर्फ अधिकृत छैठौं तहको पाँचजना, वरिष्ठ सहायक पाचौँ तहको २ जना र चौंथो तहको सहायक २ जनाका लागि आवेदन खोलेको छ ।

त्यसैगरी प्राविधिक तर्फ सहायक कम्युटर अधिकृत छैठौं तहको १ जना, , वरिष्ठ कम्युटर अपरेटर १ र सहायक कम्युटर अपरेटर १ जनाको आवेदन खुला गरेको छ । 

रोजगारीका लागि आवेदन दिने म्याद आज (शुक्रबार) देखि २१ दिनभित्र छ । दोब्बर दस्तुर तिरेर अर्को ७ दिनसम्म पनि आवेदन दिने समय बाँकी रहने कोषले जनाएको छ ।  


 

४ बर्ष अगाडि

प्रतिक्रिया