राष्ट्रिय बीमा कम्पनीले माग्यो ठूलो संख्यामा कर्मचारी

४ बर्ष अगाडि

राष्ट्रिय बीमा कम्पनीले ठूलो संख्यामा कर्मचारी मागेको छ । कम्पनीले आज एक सूचना प्रकाशित गरी साताैं तहदेखि चौंथो तहसम्म विभिन्न पदमा ३३ जना कर्मचारी माग गरेको हो । 

लोक सेवा आयोगको सहमति अनुसार खुल्ला प्रतियोगितात्मक परिक्षाद्वारा स्थायी पदपूर्ति गर्नका लागि आवेदन आह्वान गरिएको कम्पनीले जनाएको छ । 

कम्पनीले सातौं तहको नायव व्यवस्थापक २ जना, छैठौं तहको सहायक व्यवस्थापक ९ जना, सूचना प्रविधि अधिकृत छैठौं १ जना माग गरेको छ । 

त्यस्तै पाँचौ तहमा सूचना प्रविध सहायक १ जना स्वास्थ्य सहायक १ र सहायक ‘क’ तीनजना माग गरेको छ । चौंथो तहको सहायक ‘ख’ १४, सहायक ‘ख’ कृषि प्राविधि २ जना र पशु प्राविधिक १ जनाको पदपूर्तिको आगि आवेदन आह्वान गरेको कम्पनीले जनाएको छ । 

कम्पनीले मंसिर १२ गतेसम्म दरखास्त बुझाउने अन्तिम म्याद तोकेको भएपनि मंसिर १९ सम्म दोब्बर दस्तुर तिरेर फारम बुझाउन सकिने छ । 

 


 

४ बर्ष अगाडि

प्रतिक्रिया