७०० घट्यो सुनको मूल्य

शुक्रबार, २२ कार्तिक २०७६, ११ : ४६

नेपाली बजारमा शुक्रबार सुनको मूल्य रु ७०० घटेको छ । 

अघिल्लो दिन तोलामा ७० हजार ६०० मा कारोबार भएको सुनको मूल्य सातोको कारोबारको अन्तिम दिन शुक्रबार ६९ हजार ९०० मा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

यस्तै तेजावी सुन तोलामा ६९ हजार ६०० मा कारोबार भएको छ । चाँदीको पनि मूल्य रु १५ घटेर तोलामा ८३५ मा कारोबार भएको छ।

शुक्रबार, २२ कार्तिक २०७६, ११ : ४६

प्रतिक्रिया