पर्यटनमा वैदेशिक लगानी शत्प्रतिशत वृद्धि

४ बर्ष अगाडि

नेपाल भ्रमण वर्ष २०२० प्रारम्भ हुनै लाग्दा मुलुकको होटल क्षेत्रमा वैदेशिक लगानी उल्लेख्य मात्रामा वृद्धि भएको पाइएको छ ।

२०२०लाई पर्यटन बर्षको रुपमा मनाउने तयरी गरिरहदा मुलुको होटेल क्षेत्रमा उल्लेख्य मात्रामा बैदेशिक लगानीमा वृद्धि भएको छ ।
चालु आर्थिक बर्षको तिन महिनामा ७७ उधोगले स्विकृति पाएकोमा सबैभन्दा बडि पर्यटन उधोगहरु रहेका छन ।
अघिल्लो बर्षको पहिलो तिन महिनाको तुलनामा यस बर्षको पहिलो तिन महिनामा शत्प्रतिशत पर्यटन उधोगमा लगानी वृद्धि भएको उधोग विभाग बताउछ । चालु आ.ब. को पहिलो तीन महिनामा ३९ ओटा पर्यटन उधोग मार्फत ५ अर्ब ७७ करोढ वैदेसिक लगानी पनि विभागले जनाएको छ ।

सेवातर्फ २५, उत्पादनका सात, सूचना प्रविधिसम्बन्धी छ र कृषि, वन पैदावारका एक उद्योग रहेका छन्। उपयुक्त परियोजनाका लागि ११ अर्ब ३६ करोड रूपैयाँको प्रतिबद्धता आएको विभागले जनाएको छ।

यसबाट चार हजार २९२ रोजगारी सिर्जना हुने प्रक्षेपण गरिएको छ। गत वर्षको सोही अवधिमा चार अर्ब ८३ करोड ५२ लाख रूपैयाँ विदेशी लगानी प्रतिबद्धता आएको थियो।

४ बर्ष अगाडि

प्रतिक्रिया