नेपालले इरानको सामना गर्ने

कात्तिक २२, २०७६ | आजको अर्थ
ajaako_artha

एएफसी १९ वर्षमुनि (यु–१९) च्यापिम्पयनसिप छनोटअन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले आज इरानको सामना गर्दैछ । इरानको तेहरानस्थित पिएएस रङ्गशालामा हुने उक्त खेलमा नेपालले विजयी लक्ष्य हासिल गर्ने उद्देश्यका साथ घरेलु टोली इरानको सामना गर्दैछ । उक्त खेल नेपाली समयअनुसार राति ८ बजे शुरु हुनेछ । 
     
छनोटको पहिलो खेलमा नेपाल संयुक्त अरब इमिरेट्स (युएई)सँग ४–0 गोलअन्तरले पराजित भएको थियो । त्यस्तै इरानले भने आफ्नो पहिलो खेलमा किर्गीस्तानलाई ३–० गोल अन्तरले पराजित गरेको थियो ।
    
आज नै हुने अर्को खेलमा युएई र किर्गीस्तान भिड्नेछन् ।  नेपाल समूह डी मा रहेको छ । नेपालको समूहमा युएई, कीर्गिस्तान र आयोजक इरान छन् । 
    
अङ्क तालिकामा तीन अङ्क जोडेको इरान शीर्ष स्थानमा छ भने समान तीन अङ्क नै बनाएको युएई गोलअन्तरका आधारमा दोस्रो स्थानमा छ । यस्तै नेपाल र किर्गीस्तान भने अङ्कविहीन रहँदै तेस्रो र चौथो स्थानमा छन् । प्रतियोगिताको अन्तिम खेलमा नेपालले आइतबार किर्गीस्तानको सामना गर्नेछ । 
 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

बुलियन मार्केट

विनिमय दर

मुद्राखरिदबिक्री
U.S. Dollar११३.७६११४.३६
European Euro१२३.३४१२३.९९
UK Pound Sterling१४८.०९१४८.८७
Swiss Franc११५.८८११६.४९
Australian Dollar७६.४७७६.८७
Canadian Dollar८५.९९८६.४५
Singapore Dollar८१.८८८२.३१