बायोमेडिकल प्राविधिकको जनशक्ति थप गर्न जोड

कात्तिक २२, २०७६ | आजको अर्थ
ajaako_artha

चिकित्सकीय उपकरणको सही व्यवस्थापन गर्न बायोमेडिकल प्राविधिक जनशक्ति थप गर्न जोड दिइएको छ । हाल नेपालमा स्वास्थ्य सेवा प्रदायक संस्थामा रहेका उपकरणको मर्मत तथा चुस्त बनाइराख्ने जनशक्ति (बायोमेडिकल इञ्जिनीयर) ५०० को हाराहारीमा छन् । 

विश्वप्रसिद्ध चिकित्सकीय उपकरण उत्पादन गर्ने चिनियाँ कम्पनी मन्द्रे आर्थिक एवं प्रावधिक सहयोगको जनरल मेडिकल सप्लायर्स र बायोमेडिकल इञ्जिनीयरिङ फाउडेशनद्वारा आज यहाँ आयोजित बायोमेडिकल प्रविधि हस्तान्तरण र सेवासम्बन्धी तालिमका सहभागीले सो आवश्यकता औँल्याउँदै उपकरणको सही व्यवस्थापनले मात्र बिरामीले राम्रो सेवा पाउने बताए । 

सो कम्पनीले एनेस्थेसिया, भेन्टिलेटर, इन्फेक्सन पम्प, प्यासेन्ट मोसन, अल्टरसाउण्ड र ल्याप्रोस्कोपी सर्जरी जस्ता गुणस्तरीय उपकरण उपलब्ध गराउँदै आएको छ । साथै ती उपकरणको सही व्यवस्थापनकाबारे कम्पनीले पहिलोपटक सरकारी तथा निजी क्षेत्रमा विभिन्न अस्पतालमा कार्यरत बायोइञ्जिनीयरका लागि तालीमको आयोजना गरेको हो । 

तालीममा ६० जनाको सहभागिता रहेको थियो । नेपालमा वर्षेनी रु १५ अर्बभन्दा माथिका चिकित्सकीय उपकरण नेपाल भित्रिने गर्दछन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गतका स्वास्थ्य प्रदायक संस्थामा चिकित्सकीय उपकरणकोे सही व्यवस्थापनमा प्रमुख समस्या रही आएको छ । स्वास्थ्य संस्थाका उपकरण छिटोछिटो बिग्रिँदा बिरामी समस्यामा पर्दै आएका छन् । 

स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री डा सुरेन्द्र यादवले कार्यक्रमको शुभारम्भ गर्दै कर्मचारी समायोजन प्रक्रिया समाप्त भएको हुँदा नयाँ कर्मचारीको दरबन्दी अध्ययन गर्दै बायोमेडिकल इञ्जिनीयरिङ पद थप्ने मन्त्रालयको तयारी रहेको जानकारी दिए। उनले भने, “स्वास्थ्य संस्थामा चिकित्सकीय उपकरणको अभाव हुँदैन, चिनियाँ कम्पनी मिन्ड्रले उत्पादन गरेका उपकरणलाई सस्तो मूल्यमा उपलब्ध नेपाललाई उपलब्ध गराएको छ ।”

चिनियाँ कम्पनी मिन्द्रेका दक्षिण एशिया व्यवस्थापक डयानी जिङले आफ्नो कम्पनीद्वारा उत्पादन गरिएका उपकरणको प्रयोगका बारेमा आगामी दिनमा नेपालमा तालीम सञ्चालन गर्ने कार्यक्रमलाई निरन्तरता दिने जानकारी दिए । कम्पनीका पिटर जिङ र जिङ सुवानले गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहका लागि उपकरण अति आवश्यकतापर्ने बताउँदै उपकरणको सही प्रयोगका बारेमा बायोमेडिकल इञ्जिनीयरलाई समयसमय तालीमको आवश्यकतापर्ने उल्लेख गरे । ती विज्ञद्वयले सहभागीलाई प्रशिक्षणसमेत दिएका थिए । 
 
बायोमेडिकल इञ्जिनीयरिङ फाउण्डेशनका अध्यक्ष विकास श्रेष्ठले सरकारी अस्पतालमा उपकरणको सही व्यवस्थापनका लागि बायोमेडिकल इञ्जिनीयरको दरबन्दी बढाउन माग गरे । जनरल मेडिकल सप्लायर्सका प्रमुख कार्यकारी अधिकृत जयकृष्ण श्रेष्ठले चिकित्सकीय उपकरणको सही प्रयोगका बारेमा निरन्तर तालीम र उपकरणको सही व्यवस्थापन गर्न सरकारलाई आफ्नो कम्पनीले सहयोग गर्ने जानकारी दिए । तालीमका सहभागीले उपकरणका साथमा तालीम भएमा सही प्रयोगमा समस्या नआउने बताएका थिए ।  

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

बुलियन मार्केट

विनिमय दर

मुद्राखरिदबिक्री
U.S. Dollar११४.५२११५.१२
European Euro१२६.९४१२७.६०
UK Pound Sterling१४८.१६१४८.९४
Swiss Franc११५.६५११६.२६
Australian Dollar७७.९७७८.३८
Canadian Dollar८६.०९८६.५४
Singapore Dollar८४.१३८४.५७