पश्चिमी लिबियामा ३९ अवैध आप्रवासी पक्राउ

४ बर्ष अगाडि

पश्चिमी लिबियाको जुआरा शहरबाट ३९ जना अवैध आप्रवासी पक्राउ परेका छन् । उनीहरु बिहीबार पक्राउ परेका अधिकारीहरुले जानकारी दिएका छन् । 

उक्त नगरको सुरक्षा विभागले दिएको जानकारीअनुसार ती आप्रवासीहरुको कुनै कागजात नभएको र अवैध रुपमा उनीहरुले यात्रा गरिरहेको पाएपछि नियन्त्रणमा लिइएको हो ।

उनीहरु अवैध रुपमा अथवा विना कुनै कागजात सो क्षेत्रमा हिँड्डुल गरेको थाहा पाएपछि  नियन्त्रणमा लिनु परेको प्रहरी अधिकारीले जानकारी दिएका छन् । 

प्रहरीले बिहीबारै प्रकाशन गरेको विज्ञप्तिमा ती नागरिकहरु बङ्गलादेशका रहेका पनि खुलेको छ । 

उनीहरुलाई शरणार्थी शिविरमा राखिएको छ । यही मार्ग भएर दशौँ हजार व्यक्ति हरेक वर्ष शरणार्थीका रुपमा युरोप छिर्ने प्रयास गरिरहेका हुन्छन् । 

त्यसै क्रममा उनीहरु लिबियिाको उक्त पश्चिमी क्षेत्रका साथै अन्य शहरहरुबाट पनि पक्राउ पर्ने गरेका छन् । 

तर पनि संयुक्त राष्ट्रसंघीय शरणार्थीसम्बन्धी नियोगले विगत लामो समयदेखि नै यात्राका लागि लिबियाको बाटो सुरक्षित नभएको बताउँदै आएको छ । 

उक्त देश सन् २०११ देखि नै असुरक्षित हुदै आएको बताइएको छ । जसका कारण सो देशबाट दशौँ हजार जना विदेशी नागरिक पक्राउ परेका छन् । 

सन् २०११ मा भएको प्रजातान्त्रिक आन्दोलनका क्रममा यहाँका नेता कर्णेल माउमर गद्दाफी मारिएपछि लिबियाको सुरक्षा व्यवस्था अत्यन्त कमजोर भएको छ । 
 

४ बर्ष अगाडि

प्रतिक्रिया