काठमाडौंमा ५ टन गाइको मासु बरामद, सोल्टी र हायात होटलले ल्याएको खुलासा

४ बर्ष अगाडि

तस्करी गरेर काठमाडौं भित्रिएको ५ टन गाईको मासु राजस्व अनुसन्धान विभागले बरामद गरेको छ । 

सोल्टी, हायात लगायतका होटलले राजश्व छलेर ल्याउँदै गरेको गाईको मासु विभागले बरामद गरेको हो । 

सर्लाहीको मलंगवा नाका हुँदै ल्याएका दुइवटा ट्रक चेकजाँच गर्दा गाईको मासु रहेको पत्ता लागेको विभागले जनाएको छ । 

ट्रकमा १२ टन कुखुराको मासु पनि रहेको थियो । 

उनीहरुले आलु र केराउ भन्दै प्रहरीलाई झुक्याएर काठमाडौंसम्म मासु ल्याइपु¥याएको अनुसन्धानबाट खुलेको छ । 

भारतबाट नेपालमा जिउदो पशुपंक्षी तथा मासु ल्याउन प्रतिबन्ध छ। 

मासु जाँचका लागि विभागले खाद्य तथा गुणस्तर विभागमा पठाउने तयारी गरेको छ। 

४ बर्ष अगाडि

प्रतिक्रिया