लोकसेवा नतिजा : महेन्द्रनगरबाट नासुमा १८७ जना उत्तिर्ण

४ बर्ष अगाडि

लोकसेवा आयोगको दिपायल कार्यालयले नासुको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ । 

महेन्द्रनगरबाट भदौ ८ गते लिएको तह ५, सहायक (अप्राविधिक) पदको परीक्षाको नतिजा सार्वजनिक गरेको हो । 

६९९ जनाले परिक्षा दिएकोमा १८७ जना लिखित परीक्षामा उत्तिर्ण भएका छन् । 

लिखित परिक्षामा उत्तिणए भएकाहरुलाई कम्यूटर सीप परीक्षण र अन्तरवार्ताको लागि प्रवेशपत्र, पासपोर्ट साइजको फोटो २ प्रति, नेपाली नागरिकता र शैक्षिक योग्यताको सक्कल प्रमाणपत्र लिएर उपस्थित हुन आयोगले सूचना गरेको छ ।

कम्यूटर सीप परीक्षण र अन्तरवार्ता मंसिर १५ देखि २६ गतेसम्म चल्ने आयोगले जनाएको छ ।  

 

४ बर्ष अगाडि

प्रतिक्रिया