सर्वपक्षीय बैठकबारे काँग्रेसको धारणा तय

४ बर्ष अगाडि

शनिबार साँझ प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको सर्वपक्षीय बैठकमा पार्टीका तर्फबाट राख्ने धारणा तय गरिएको विश्वप्रकाश शर्माले जानकारी दिए ।

भारतले जारी गरेको नयाँ राजनीतिक नक्सामा नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरालाई आफ्नो भू–भागमा समेटेको विषयमा छलफल गर्न प्रधानमन्त्री ओलीले शनिबार ४ बजे सर्वपक्षीय बैठक बोलाएका छन् । 

 शर्माले भने, ‘कात्तिक १७ मा भारतले आफ्नो नयाँ नक्सा नेपाली भू–भाग समेटेर नक्सा सार्वजनिक गरेको छ । यस विषयमा भारतसँग द्वीपक्षीय छलफल गरेर कसरी अघि बढ्ने भन्नेबारे सर्वपक्षीय बैठकमा हाम्रो राय राख्ने छौँ ।’
 

४ बर्ष अगाडि

प्रतिक्रिया