पहिलो त्रैमासमै गणपतिले कमायो ५४ लाख

४ बर्ष अगाडि

चालू आवको पहिलो त्रैमासमा गणपति माइक्रोफाइनान्स वित्तीय संस्थाले रू. ५४ लाख ६४ हजार नाफा गरेको छ। कम्पनीले गत आवको सोही अवधिमा रू. ४९ लाख ३९ हजार कमाएको थियो । 

कम्पनीले यस आवमा रू. १६ लाख ७९ हजार खराब कर्जा संकलन गरेको छ। कम्पनीले गत आवको तुलनामा खुद व्याज आम्दानी ६८ प्रतिशत बढेर रू. १करोड ९६ लाख पुगेको छ भने सञ्चालन नाफा ११५ प्रतिशत बढेर रू.६७ लाख ८९ हजार पुगेको छ । 

हाल कम्पनीको चुक्तापूँजी रू.१० करोड ३५ लाख छ। गत आवको पूँजी रू. ७ करोड थियो । कम्पनीले आईपीओ निष्कासन गरेपछि पूँजी वृद्धि भएको हो । 
आर्थिक अभियानबाट

४ बर्ष अगाडि

प्रतिक्रिया