नागढुंगा–सिसनेखोला सुरुङमार्ग अन्योलमा

४ बर्ष अगाडि

नागढुंगा–सिस्नेखोला सुरुङमार्ग निर्माण शिलान्यास भएको दुई साता बितिसके पनि मुआब्जाबारे टुंगो नलाग्दा निर्माण प्रक्रिया अघि बढेको छैन। 

यो सुरुङमार्गको धादिङतर्फ १०९ रोपनीमध्ये ४४ रोपनी जग्गाको मुआब्जा दिनुपर्ने हुन्छ । ४४ मध्ये झन्डै २६ रोपनी ‘श्री ५ को वायु गुठी’ को नाममा जग्गा छ । 

स्थानीयले जग्गाको उपयोग गर्दै आएकाले यसमा पनि शतप्रतिशत मुआब्जा पाउनुपर्ने माग राखेका छन् । शतप्रतिशत मुआब्जा निर्णय मन्त्रिपरिषद्ले गर्नुपर्ने कानुनी व्यवस्था छ । दिने नदिने विषयको निर्णय मन्त्रिपरिषद्बाट भएको छैन । 

‘गुठी नियमअनुसार उनीहरूले एकतिहाइ मात्रै क्षतिपूर्ति पाउँछन्,’ आयोजना प्रमुख श्यामप्रसाद खरेलले भने, ‘त्यो नियमभन्दा बाहिरको विषयको निर्णय मन्त्रिपरिषद्ले मात्रै गर्न सक्छ । निर्णय भएको छैन ।’ सुरुङमार्गको निर्माण कार्य धादिङतर्फबाटै सुरु गर्नुपर्ने हुन्छ। मुआब्जाको समस्या समाधान नहुँदा यो खण्डबाट समयमै काम हनेमा शंका उब्जिएको छ । 

कान्तिपुर दैनिकबाट

४ बर्ष अगाडि

प्रतिक्रिया