कांग्रेस वरिष्ठ नेता पौडेल पूर्वी पहाडको भ्रमणमा

४ बर्ष अगाडि

काठमाडौं – नेपाली कांगेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीका विभिन्न कार्यक्रममा सहभागि हुनका लागि प्रदेश नम्बर एकका विभिन्न जिल्लाको भ्रमणमा निस्कनु हुने भएको छ ।

वरिष्ठ नेता पौडेल कार्तिक २६ गते मंगलवार मकवानपुरको हेटौडामा हुने पार्टीको केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानले आयोजना गरेको प्रदेश नम्बर ३ स्तरिय प्रशिक्षण कार्यक्रममा सहभागि हुनुहुनेछ । सो कार्यक्रम पश्चात पौडेलले सडकमार्ग हुँदै झापा प्रस्थान गर्ने कार्यक्रम रहेको उहाँका नीजि सचिव चिरिन्जीवी अधिकारीले जानकारी दिनुभयो । कार्तिक २७ गते पौडेल बाराको निजगढ र सिरहाको लाहानमा हुने कार्यक्रममा सहभागि हुनुहुनेछ ।

पौडेलको प्रदेश नम्बर १ का जिल्लाहरुको भ्रमण सुरु झापाबाट गर्ने कार्यक्रम छ । उहाँले कार्तिक २८ गते नेपाली कांग्रेस झापा जिल्ला कार्यसमितिको आयोजनामा हुने बृहद कार्यकर्ता भेलालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । कार्तिक २९ गते पौडेलले झापाबाट इलामका लागि प्रस्थान गर्ने र इलाममा हुने आमसभालाई सम्बोधन गर्नुहुनेछ ।

त्यसैगरि कार्तिक ३० गते इलामवाट पाँचथर प्रस्थान गर्ने र  पाँचथरको फाल्गुनान्द गाउँपालिकाको चुनावी सभालाई सम्वोधन गर्ने कार्यक्रम रहेको छ । त्यस्तै मंसीर १ गते पाँचथरवाट ताप्लेजुङ्ग प्रस्थान गर्ने र नेपाली कांग्रेस ताप्लेजुङ्गले आयोजना गरेको वृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्ने बताइएको छ ।

–२०७६ कार्तिक २८ गते
नेपाली कांग्रेस जिल्ला कार्यसमिति झापाको आयेजनामा हुने वृहत कार्यक्रता भेलालाई सम्वोधन गर्नुहुने ।
–२०७६ कार्तिक २९ गते
झापा वाट ईलाम प्रस्थान नेपाली कांग्रेस इलामको आयोजनामा हुने आम सभालाई सम्वोधन गर्नुहुने ।
–२०७६ कार्तिक ३० गते
इलामवाट पाँचथर प्रस्थान पाँचथर को फाल्गुनान्द गाउँपालिकाको चुनावी सभालाई सम्वोधन गर्नुहुने ।
–२०७६ मंसीर १ गते
पाँचथर वाट ताप्लेजुङ्ग प्रस्थान नेपाली कांग्रेस ताप्लेजुङ्गले आयोजना गरेको वृहत कार्यक्रता भेलालाई सम्वोधन ।
–२०७६ मंसीर २ गते
ताप्लेजुङ्ग वाट काठमाण्डौं फर्कनुहुने कार्यक्रम रहेको छ । थप कार्यक्रम भएमा सम्वन्धीत स्थानवाट नै जानकारी गराइनेछ ।

४ बर्ष अगाडि

प्रतिक्रिया