प्राइम लाइफको बिमा  अनलाइनबाट आफै खरिद गर्न सकिने

४ बर्ष अगाडि

प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले हालै अनलाइन प्रविधिबाट यस कम्पनीका विभिन्न जीवन बिमा योजनाग्राहक स्वयंले नै खरिद गर्न सक्ने प्रविधि विकास गरी सञ्चालनमा ल्याएको छ । यो प्रविधिबाट जुनसुकै स्थानका ग्राहकले आफूले लिन चाहेको जीवन बिमा योजना तथा त्यस योजनाअन्तर्गतका अतिरिक्त ऐच्छिक सुविधाहरु छनोट गरी त्यस वापतको प्रिमियम अनलाइन भुक्तानी सेवा प्रदायकमार्फत भुक्तानी गर्न सकिने जनाएको छ । 

हालको लागी अधिकतम बिमांक रकम ५ लाख रुपैयाँसम्मको बिमालेख खरिद गर्न सकिनेछ । यस प्रविधिअन्तर्गत ग्राहकलाई कागजी प्रस्ताव फारम भर्न नपर्ने र अनलाइन फाममा उपलब्ध गराइएका विवरणका आधारमा सो प्रस्ताव फारम तत्कालै स्वीकृत भई बिमालेख जारी हुनेछ ।

कम्पनीले सुरुवात गरेको अनलाइन प्रविधिबाट प्रदान गरिने बिमाको सेवाबाट धेरैभन्दा धेरै जनतासमक्ष जीवन बिमाको पहुँच पुग्ने विश्वास कम्पनीले लिएको छ । अनलाइनममार्फत प्राप्त प्रस्ताव फारममा उल्लेखित ठेगानाबाट नजिक जर्ने यस कम्पनीको शादा तथा उपशाखा कार्यालयबाट स्वीकृत भएको बिमालेख सम्बन्धीत बिमिलाई दिने व्यवस्थासमेत गरिएको छ । यो समाचार आजको कारोकार दैनिकमा प्रकाशित गरिएकको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया