ग्लोबल आइएमईको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

४ बर्ष अगाडि

ग्लोबल आइएमई लघुवित्तले शेयरधनीलाई वितरण गर्ने लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । 

गत आर्थिक वर्षको कमाइबाट लघुवित्तले वितरण गर्न लागेको लाभांश आइतबारसम्म कायम भएका शेयरधनीहरुले मात्र पाउनेछन्।

लघुवित्तले गत आर्थिक वर्षको कमाईबाट शेयरधनीहरुलाई चुक्ता पूँजीको ३५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि १.८६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो।

४ बर्ष अगाडि

प्रतिक्रिया