गणतन्त्र आएपछि पहिले भन्दा ६ गुणा बढी युवा विदेशिए

४ बर्ष अगाडि

देशमा पुरानो राज्यव्यवस्था हुँदा भन्दा गणतन्त्रपछि विदेशिने युवाको संख्या ६ गुणाले बढेको छ । 

राजनीतिक व्यवस्था परिवर्तन भएपनि त्यसपछिका सरकारले युवालाई रोजगारीको भरपर्दो व्यवस्था नगर्दा पहिला भन्दा ६.०५ गुणा बढी युवा कामका लागि विदेशीएका हुन् । 

श्रम स्वीकृति लिएर विदेश जाने शुरु गरेको वर्ष ०५१ देखि ०६२ सम्म सम्म ७ लाख ५८ हजार युवा विदेश गएकोमा २०६३ देखि २०७५ असार मसान्तसम्म ४५ लाख ९३ हजार युवा कामका लागि परदेशिएका छन् ।

शान्ति सम्झौताको वर्षमै २ लाख ४ हजार युवा रोजगारी खोज्दै बाहिरिए पनि सरकारले अन्य युवालाई देशभित्रै रोक्न कुनै प्रधावकारी कार्यक्रम ल्याएको छैन । 

अबैधानिक रुपमा सरकारको अनुमति नलिइ जानेहरुको संख्या भने धेरै छ । 

वैदेशिक रोजगार विभागको तथ्यांक अनुसार आजभोली दैनिक झण्डै १ हजार ४ सय नयाँ युवा कामका लागि विदेश जाने गरेका छन्। 

सरकारले युवालाई आत्मनिर्भर बनाउने भरपर्दो कार्यक्रम ल्याउन नसकेको सरोकारवालाहरुको भनाइ छ ।  

विदेशमा काम गर्नेहरूकै कमाइले देशको झण्डै ३० प्रतिशत अर्थतन्त्र धानेको छ भने ७ खर्ब बढीको ब्यापार घाटा रेमिट्यान्सले नै थेगेको छ ।  

दश वर्षअघि प्रतिवर्ष २ लाख युवा बाहिरिने नेपालबाट अहिले ५ लाख कामका लागि बाहिरिन्छन् । 
 

४ बर्ष अगाडि

प्रतिक्रिया