विद्युत चुहावटमा संलग्न ३० जना पक्राउ

४ बर्ष अगाडि

बाराबाट विद्युत चुहावटमा संलग्न ३० जनालाई पक्राउ गरेको छ ।

नेपाल विद्युत प्राधिकरण कलैया वितरण केन्द्र बारा र प्रहरीको संयुक्त गस्ती टोलीले उनीहरुलाई सोमबार बिहान नियन्त्रणमा लिएको हो । उनीहरु अवैध रुपमा विद्युत चुहावटको कार्यमा संलग्न रहेको नेपाल विद्युत प्राधिकरण कलैया वितरण केन्द्रको दाबी छ ।

बाराको फेटा गाउँपालिका वडा नं ३ र ४ फेटा गाउँ, विश्रामपुर गाउँपालिका वडा नं १ र २ को बतरा, बरैनिया लगायतका स्थानबाट उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
प्राधिकरणमा रहेको बक्यौता र जरिवाना तिरेपछि उनीहरुलाई छाडिएको डीएसपी रञ्जित सिंह राठौरले बताए 

४ बर्ष अगाडि

प्रतिक्रिया