काली नदीको मुहान नै सीमा,  नक्सा तयार पार्न र स्थायी सुरक्षा क्याम्प राख्न निर्देशन

४ बर्ष अगाडि

काठमाडौँ– प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले लिम्पियाधुराबाट बग्ने काली नदीको मुहानलाई नै नेपाल–भारत सीमा मानेर नक्सा तयार गर्न सरकारलाई निर्देशन दिएको छ । समितिको सोमबारको बैठकले स्थायी सुरक्षा क्याम्प खडा गरेर सीमा सुरक्षा गर्नसमेत भनेको छ । 

लिम्पियाधुरासमेत समेटेर बनाइएको नक्सालाई नेपालको शैक्षिक पाठ्यक्रममा समेट्नुपर्ने भन्दै समितिले काली नदी (महाकाली) लाई सीमा मानेर त्यसको पूर्वतर्फको भाग पर्ने गरी नक्सा बनाउन सुझाव दिएको हो । 
भारतले नोभेम्बर १ मा सार्वजनिक गरेको नक्सामा नेपालको भूभागसमेत समावेश गरेको बारे सरकारको धारणा बुझ्न र निर्देशन दिन समितिको बैठक बसेको हो ।

बैठकमा नेकपा अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल, गृहमन्त्री रामबहादुर थापा, भूमिसुधार, गरिबी निवारण तथा सहकारीमन्त्री पद्माकुमारी अर्यालसमेत सहभागी थिए ।

 भारतले नेपालको भूमि मिचेर सार्वभौमसत्तामाथि हस्तक्षेप गरेको भन्दै समितिले समाधानका लागि उच्चस्तरीय राजनीतिक र कूटनीतिक पहल गर्न सरकारलाई निर्देशन दिएको छ । कान्तिपुर दैनिकमा खबर छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया