भारतसित तत्काल वार्ता थाल्न नेकपाबाटै दबाब

४ बर्ष अगाडि

काठमाडौं ।  सीमा विवादबारे भारतसँग तत्काल वार्ता गरी टुंगोमा पुग्न प्रधानमन्त्रीमाथि सत्तारूढ दल नेकपाभित्रैबाट दबाब बढेको छ । भारतसमक्ष प्रमाणसहितको दरिलो अडान राख्न नेकपाका नेताहरूले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरेका हुन् ।
पार्टी एकताका काम टुंग्याउन सोमबार भएको नेकपा सचिवालय बैठकमा कालापानीमा भारतले सीमा मिचेको विषयले प्राथमिकता पाएको थियो । नेताहरूले लामो समयदेखिको विवाद मिलाउने अवसर आएको भन्दै यसलाई निष्कर्षमा पुर्‍याउन प्रधानमन्त्री ओलीलाई सुझाव दिए । भारतीय नाकाबन्दीका बेला लिएको
अडानका कारण ओलीको व्यक्तित्व र समग्रमा पार्टीेको उचाइ बढेको सन्दर्भ उल्लेख गर्दै सचिवालयका नेताहरूले अहिले त्यस्तै खालको अर्को अवसर आएको बताए । कान्तिपुर दैनिकमा खबर छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया