१८ महिनापछि नेकपाको एकता टुंगियो

४ बर्ष अगाडि

काठमाडौं - सत्तारुढ दल नेकपाले संगठनात्मक एकताका लागि केन्द्रले तय गर्नुपर्ने सबै काम टुंग्याएको छ। पार्टी एकताको १८ महिनापछि सोमबार बल्ल उसले पार्टीको अन्तरिम विधान अनुसार केन्द्रले टुंगो लगाउनु संगठनात्मक संरचनाको नेतृत्व चयन प्रक्रिया टुग्याएको हो। नेपालका दुई ठूला कम्युनिस्ट पार्टी तत्कालीन एमाले र माओवादी बीच ३ जेठ २०७५ मा एकता भएको थियो। त्यसबेला पार्टीको संगठनात्मक एकताका सम्पूर्ण काम तीन महिनाभित्र टुग्याउने घोषणा गरिएको थियो।

शीर्ष नेतृत्व बीचमा नेतृत्व चयनमा सहमति नहुँदा नेकपालाई संगठनात्मक एक्ता टुंग्याउन सकस भएको थियो। सोमबारको सचिवालय बैठकबाट संगठनात्ममक एकताले पूर्णता पाएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए। सचिवालयलाई संगठनात्मक संरचना अनुसारका झण्डै ११ निकायको नेतृत्व टुंगो लगाउनै पर्ने जिम्मेवारी थियो। अन्नपूर्ण पोस्टमा खबर छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया