एभरेष्ट इन्स्योरेन्स द्वारा वित्तीय विवरण सार्वजनिक

४ बर्ष अगाडि

एभरेष्ट इन्स्योरेन्सले आफ्नो वित्तीय विवरण सार्वजनिक गरेको छ। 

इन्स्योरेन्सले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको खुद बीमा शुल्कसँगै नाफामा सुधार भएको वित्तीय विवरण सार्वजनिक गरेको हो। 

इन्स्योरेन्सको खुद बीमा शुल्क २०।६५ प्रतिशतले वृद्धि भएको छ भने खुद नाफा  ३३८।१० प्रतिशतले बढेको छ ।

एभरेष्ट इन्स्योरेन्सले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा ११ करोड ९२ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ जुन गत आर्थिक वर्षको यसै अवधिको तुलनामा २ करोड ४ लाख रुपैयाँले बढी हो ।

४ बर्ष अगाडि

प्रतिक्रिया