नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले कमायो २३ करोड ७७ लाख नाफा

४ बर्ष अगाडि

काठमाडौं – नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले रु २३ करोड ७७ लाख ३३ हजार ७ सय ८६ खुद नाफा कमाएको छ । लिमिटेडको आठौँ वार्षिक साधारण सभामा कम्पनीको चुक्ता पूँजी रु २१ करोड ६ लाख रहेकोमा ३८५ बोनस शेयर वितरण गरी रु २९ करोड आठ लाख करोड पु¥याउने निर्णय गरेको छ ।

त्यस्तै, बोनस शेयर कर प्रयोजनका निम्ती २५ नगद लाभांश पनि वितरण गर्ने निर्णय गरेको छ । कम्पनीको अधिकृत पूँजी पनि वृद्धि गरी रु ५० करोड पुर्याउने लक्ष्य छ ।

कम्पनीले पूँजी वृद्धि गरी भुक्तानी प्रणाली पूर्वाधार विकास तथा विस्तार गर्ने, थप प्रणालीहरु ल्याउने तथा जोखिम व्यवस्थापना सुढृढ बनाउने योजना बनाएको छ । नेपाल राष्ट्र बैंकको नियमअनुसार नेपाल भित्र कार्य गर्ने भुक्तानी प्रणाली सन्चालकको चुक्ता पुँजी कम्तिमा रु  १० करोड तथा नेपाल बाहिर कार्य गर्नका लागी रु २५ करोड रहनु पर्ने ब्यवस्था रहेको छ ।

कम्पनीले आफ्नो भुक्तानी प्रणालीहरु मार्फत आव  २०७५÷७६ मा कुल रु  ९२ खर्ब बराबरको भुक्तानी कारोबारहरु राफसाफ गरेको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया