ईन्डोप्यासफिक रणनीति खतरनाक: वैद्य

४ बर्ष अगाडि

नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव मोहन बैद्य किरणले नेपालमा त्रिकोणात्मक रुपले अन्तराष्ट्रिय शक्ति टक्राउदै आएको बताउदैं एशिया प्यासिफिक रणनीतिक खत्तरनाक रहेको बताएका छन् । नेपालमा  भारतीय, चीनियाँ र अमेरिकी रणनीति टक्राउदै आएको चर्चा गर्दै उनले चीनियाँ बेल्ट एण्ड रोड अर्थ बजासंग जोडिएकोले त्यो भन्दा  एशिया प्यासिफिक रणनीति खत्तरनाक रहेको बताए ।

नेकपा (क्रान्तिकारी माओवादी) पाँच नं. प्रदेशको प्रथम अधिवेशनको बन्द सत्रलाई निर्देश गर्दै उनले अमेरिकी रणनीति सैन्य रणनीति रहेको जानकारी दिए  ।

अमेरिकाको भारत मार्फत नेपाललाई हेर्ने पुरानो अवस्था फेरिएको भन्दै उनले अमेरिका अब सिधैं नेपालमा आउन चाहेको बिश्लेषण गरे । किरणले भारतले नेपालमा अमेरिकी निति लागू गर्न सकेन भन्ने लागेर हिन्द प्रशान्त रणनीति मार्फत नेपालमा अमेरिकीका सैन्य साझेदारी गर्न चाहेको उल्लेख गरे  ।  

त्यस्तै  नेपालका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले अमेरिका भम्रण गएर अमेरिकी रणनीति अन्तरगतको मिलेनियम च्यालेन्ज कर्पाेरेसेनमा सही गरेर अमेरिकी रणनीतिलाई सहयोग गरेको बताउदै भने – त्यो रणनीतिमा जानै हुने थिएन । अमेरिकी सैन्य साझेदारी हो यो पत्रकारहरुले खुलासा गरेपछि परराष्ट्र मन्त्रीले गरेको मिलेनियम हस्ताक्षरको कुरा बाहिर आयो ।  अनि मन्त्री परिषद् बैठक बसेर ५५ करोड लिने निर्णय ग¥यो ।

किरणले थपे  – त्यस्तै नेपालले असंलग्न निति भन्दै आएको छ । यो स्थितिलाई बुझन जरुरी ओलीले राष्ट्रियताका सन्र्दभमा नाकाबन्दीका बेला भम्र छरेका कुरा बुझेकै छौ । चीनसंग पनि बाटो खोल्ने काम राम्रै गरे । राम्रोलाई राम्रै भन्न्ेुपर्छ । चीनसंग पारवहन सन्धि गरेकाले ओली राष्ट्रवादी हुन भन्ने भम्र परैकै छ । यो अवस्थामा उनले चाइनासंगको कुरा गर्दा बेल्ट एण्ड रोड एनसिएटिभ भन्ने ब्यापार गर्दै राजनीति रणनिति हो । यो मुल रुपमा सिल्क रोड जस्तै ब्यापार गर्ने गर्ने । यसलाई इण्डियाले मानेको छैन । 

उहाँले नेपाल भुटान र भारत लिएरलाई चाइनालाई क्रस गर्ने निति अमेरिकी नीति अनुसार नेपालका उत्तरतर्फका बाटो गुम्बाहरुमा लगानी गरेको उनले स्पष्ट पारे । परराष्ट्र मन्त्री अमेरिका गएर केके गरेर आए । हामीले बुझ्यौ । अमेरिकाले लट्पटयायो । उनी दंग दास परे । 

किरणले अमेरिकी रणनिति सैन्य नीति रहेकोले चीनियाँ बेल्ट एण्ड रोड ठिक रहेको बताए । चीनले बाटो र ब्यापारको कुरो गरेको छ । त्यो सैन्य साझेदारी होइन । 

त्यस्तै फरक प्रसंगमा लिपुलेकमा चीनले र भारत संग सम्झौता गरेर गल्ती नै गरेको जानकारी दिए । चीनियाँहरुले त्यो गल्ती सच्चाउछौ भनेका छन् – उनले भने – ईण्डियाको कुरो बेग्लै छ । तर अमेरिकी रणनिति यो खतरनाक हो ।

४ बर्ष अगाडि

प्रतिक्रिया