विद्युत् नियमन आयोगले दियो आठ कम्पनीलाई आइपिओ बिक्रीको अनुमति

४ बर्ष अगाडि

काठमाडौं – दोस्रो बजारमा अधिकाशं जलविद्युत् कम्पनीको शेयर रु १०० भन्दा तल रहेको बेला विद्युत् नियमन आयोगले  ८ जलविद्युत कम्पनीलाई प्राथमिक सेयर बिक्री गर्न अनुमति दिएको छ ।

आयोगले हालसम्म विभिन्न ८ जलविद्युत कम्पनीलाई रु २ अर्ब ३३ करोड बराबरको शेयर बिक्रीका लागि अनुमति दिएको छ ।

साधारण शेयर बिक्रीको अनुमति पाउनेमा लिबर्टी इनर्जी कम्पनी, ग्रिनलाइफ हाइड्रोपावर लिमिटेड, युनाइटेड इदिमर्दी एन्ड आरबी हाइड्रोपावर लिमिटेड, शिवश्री हाइड्रोपावर कम्पनी लिमिटेड, माउन्टेन इनर्जी नेपाल लिमिटेड, सिंगटी हाइड्रो इनर्जी लिमिटेड, तेह्रथुुम पावर कम्पनी लिमिटेड, हिमालयन हाइड्रोपावर लिमिटेड रहेका छन ।

आयोगका अनुसार ग्रिनलाइफले रु ३४ करोड ९६ लाख ४० हजार  बराबरको ३४ लाख ९६ हजार कित्ता, लिवर्टीले रु ३७ करोड ५० लाख बराबरको ३७ लाख ५० हजार, शिवश्री हाइड्रोपावर लिमिटेडले रु ३३ करोड ५१ लाख बराबरको ३३ लाख ५१ हजार कित्ता, सिंगटी इनर्जीको रु ४३ करोड ५० हजार ४३ लाख ५० हजार कित्ता रहेको छ ।

यस्तै तेह्रथुमको रु १२ करोड बराबरको १२ लाख कित्ता, हिमालयन हाइड्रोपावरको रु २२ करोड ५० लाख  बराबरको २२ लाख ५० हजार, युनाइटेडको रु १० करोड ५० लाख बराबरको १० लाख ५० हजार र माउन्टेनले रु ३९ करोड ३६ लाख ५ हजार  बराबरको साधारण शेयर बिक्री गर्ने अनुमति पाएको छ ।

नियमन आयोगले स्वीकृति दिएपछि अन्तिम अनुमतिका लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिनेछन । बोर्डले स्वीकृति दिएपछि औपचारिक रुपमा साधारण शेयर बिक्रीको बाटो खुला हुनेछ ।

४ बर्ष अगाडि

प्रतिक्रिया