उपनिर्वाचन २०७६ः नवलपुरमा वडाध्यक्षको उपनिर्वाचन

४ बर्ष अगाडि

पूर्वी नवलपरासीको बौदीकाली गाउँपालिका वडा नं ५ को वडाध्यक्ष पदका लागि  उपनिर्वाचन हुदैछ । तत्कालीन नेकपा (एमाले)बाट निवार्चित वडाध्यक्ष दलबहादुर खरूमगरको निधन भएपछि रिक्त उक्त पदका लागि उपनिर्वाचन हुन लागेको हो । उपनिर्वाचनमा बौदीकाली गाउँपालिको मुख्य केन्द्र डेढगाउँमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरी काम भइरहेको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत विनोद खनालले जानकारी दिए । 

निर्वाचनका लागि यही कात्तिक २७ गते उम्मेरवारले मनोनयनपत्र दाखिला गर्ने र  मतदान मङ्सिर १४ हुने भएको छ । मतदानका लागि सोही वडाको जौबारीस्थित उदय आधारभूत विद्यालयमा एउटै मतदान केन्द्र तोकिएको निर्वाचन अधिकारी सुदीप पाण्डले जानकारी दिए ।

उपनिर्वाचनका लागि उक्त वडाका ८५३ मतदाता छन् । यसअघि स्थानीय तहको निर्वाचनमा ८०१ मतदाता रहेकामा स्व. मगरले ३८४ मत प्राप्त विजयी हुनुभएको थियो भने  निकटतम प्रतिद्वन्दी नेपाली काङ्ग्रेसका उम्मेदवार मुक्तबहादुर थापा मगरले १५४ मत प्राप्त गरेका थिए।  
सो उपनिर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०  र  नेपाली काङ्ग्रेसबीच प्रतिष्पर्धा हुने स्थानीय नेताहरूले बताए । 
 

४ बर्ष अगाडि

प्रतिक्रिया