प्रदेश २ मा बीमा सोसाइटी गठन

४ बर्ष अगाडि

पछिल्ला दिनमा बीमा जागरण अभियान सञ्चालन गर्ने प्रोफेसनल सोसाइटीहरु सक्रियरुपमा देखिएका छन् । सचेतना फैलाउने उद्देश्यले इन्स्योरेन्स प्रोफेशनलहरु इन्स्योरेन्स सोसाइटी गठन गर्दै सो कार्यको प्रदेश दुईमा सुरुवात गरेका छन् । 

जनकपुरमा आयोजित बीमा समितिका कानुन निर्देशक दिनेशलाल कर्णको प्रमुख अतिथ्यमा त्यसै भेलाबाट आईएमई जनरल इन्स्योरेन्सका अर्जुनकुमार पौडेलको अध्यक्षतामा उक्त इन्स्योरेन्स प्रोफेशन सोसाइटी गठन भएको हो । 

सुशिलदेव सुवेदी विशेष अतिथि तथा मेघेन्द्रप्रकाश गिरी तथा सोन आलेमगरको अतिथ्यमा जनकपुरमा आइतबार भएको भेलाबाट प्रदेश २ को ११ सदस्यीय कार्य समिति चयन गरिएको हो । सोसाइटीको अध्यक्षमा अर्जुनकुमार पौडेल,उपाध्यक्षमा नेपाल लाइफका अनिल मिश्र,महासचिवमा एशियन लाइफका पुरुषोत्तम कुर्मी तथा कोषाध्यक्षमा सिटिजन्स लाइफका आकाश पाण्डे चयन भएका छन् । 

नव निर्वाचित सोसाइटीले प्रदेश २ मा बीमासम्बन्धी जनचेतना फैलाउने कामसँगै बीमाका विषयमा प्रदेशस्तरीय महत्वपूर्ण निर्णय पनि गर्ने भन्ने कुरा समितिका नवनिर्वाचित कोषाध्यक्ष आकाश पाण्डेले बताएका छन् । यो समाचार आजको आर्थिक कारोबार दैनिकमा छापिएको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया