दक्षिण एशियामैत्री सङ्गठन मञ्चको छैठौँ सम्मेलन

४ बर्ष अगाडि

चीन–दक्षिण एशिया मैत्री सङ्गठन मञ्चको छैठौँ सम्मेलन आजदेखि काठमाडौँमा शुरु भएको छ । दक्षिण एशिया र चीनबीचको सम्बन्ध मजबुत बनाउने उद्देश्यले प्रत्येक दुई–दुई वर्षमा आयोजना गरिने सो सम्मेलन दोस्रो पटक नेपालमा आयोजना भएको हो । उपराष्ट्रपति नन्दबहादुर पुनले उक्त सम्मेलन शुभारम्भ गरे।

परराष्ट्र मन्त्रालयका सहसचिव कालीप्रसाद पोखरेलले दक्षिण एशिया र चीनबीच विगतदेखि नै सुमधुर सम्बन्ध रहँदै आएको र यस्ता कार्यक्रमले सम्बन्धलाई थप मजबुत बनाउन सहयोग मिल्ने बताए । अन्य देशसँगको मैत्री सम्बन्धका लागि चोककिङ जनसङ्घ, चीन(सिपिएएफएफसी)का उपाध्यक्ष लिन यीले चीन विगतदेखि नै दक्षिण एशियाका देशसँगको हार्दिकपूर्ण सम्बन्धको पक्षमा रहेको बताए ।यस्ता मञ्चहरुले जनतादेखि जनतासम्म पुग्न थप बढवा मिल्ने उनको भनाइ छ ।

श्रीलङ्का–चीन सामाजिक तथा संस्कृतिक सहकार्य सङ्घका अध्यक्ष इन्द्रानन्दा अबिसेकरले यस सम्मेलनले चीन र दक्षिण एशियाका नागरिक एक अर्कासँग घुलमिलको वातावरण बनेको बताए । सोमबार चीन र दक्षिण एशियाली देशका प्रतिनिधि काठमाडौँ आएका थिए । उक्त सम्मेलनमा आज कार्यपत्र प्रस्तुत तथा समूहगत छलफल गरिने र मङ्गलबार बिहान चन्द्रागिरि भ्रमण र दिउँसो पोखरामा सम्मेलन गरिने भएको छ ।     
  
 

४ बर्ष अगाडि

प्रतिक्रिया