शाओमीले ल्यायो नयाँ स्मार्टफोन, यस्ता छन् विशेषता

४ बर्ष अगाडि

काठमाडौं– ग्लोबल टेक्नोलोजी लिडर शाओमीले दुई वटा नयाँ स्मार्टफोन रेडमी ८ र रेडमी ८ए सार्वजनिक गरेको छ । 

रेडमी ८, लोकप्रिय रेडमी सिरिजको लाइनअपमा सबैभन्दा नयाँ स्मार्टफोन हो जसमा १२ एमपी डूअल क्यामेरा सेटअप रहेको छ । रेडमी ८ए, रेडमी ए सिरिजमा सबैभन्दा नयाँ फोन हो जसमा सम्पूर्ण विधामा सुधार गर्नुका साथै यसमा ५१२ जीबीसम्मको एक्पान्डेबल मेमोरी रहेको छ ।

दुवै फोनमा विशाल ५हजार एमएएच ब्याट्री रहेको छ जसले गर्दा प्रयोगकर्ताले एकपटक चार्ज गरेपश्चिात कैयौं घण्टासम्म प्रयोग गर्न सक्नेछन् । शक्तिशाली क्वालकम स्न्यापड्रेगन ४३९ अक्टा–कोर चिपसेट जस्ता विशेषताका साथ शाओमीले यो सेग्मेन्टमा पहिलो पटक दुवै स्मार्टफोनमा १८ वार्टको फास्ट चारजिङ्ग सपोर्ट गर्ने टाइप–सी यूएसबी ल्याएको छ । 

शाओमी अनवरत रुपमा गुणस्तरप्रति केन्द्रित रहेको छ । त्यसैले दुवै स्मार्टफोनलाई कर्निग गोरिला ग्लास ५ ले सुरक्षित राख्दछ र यसमा भएको न्यानो कोटिङ्गले फोनलाई स्प्ल्यास प्रुफ बनाएको छ ।

रेडमी ८ए–स्मार्ट देशको दम्दार स्मार्टफोन
६.२२ इन्च अथार्त १५.८ सीएम डट नोच एचडी प्लस डिस्प्लेका साथ रेडमी ८ए मा १९ः९ एसपेक्ट रेसियो जस्ता विशेषता रहेको छ जसले समग्र रुपमा अदभुत अनुभव प्रदान गर्दछ । 

फाइन टेक्सचर प्याट्रनका साथ औरा वेभ ग्रीप डिजाइनले गर्दा यसलाई आकर्षक बनाउनुका साथै फिन्गरप्रिन्टको मार्कहरु पनि कम गर्दछ । रेडमी ८ए ले २ प्लस १ डूअल सिम सल्ट र डेडिकेटेड माइक्रो एसडी कार्ड सपोर्ट गर्दछ र थप ५१२ जीबीसम्म स्टोरेज एक्सपान्ड गर्न सकिन्छ ।

रेडमी ८ए मा प्रयोगकर्ताहरुको यो लाइनअपमै लोकप्रिय वायरलेस एफएम रहेको छ जसमा प्रयोगकर्ताले इयरफोन कनेक्ट नगरी एफएम रेडियो बजाउन सक्दछन् ।

रेडमी ८ए को सबैभन्दा महत्वपूर्ण अप्ग्रेड फ्रन्ट क्यामेरा हो । यसमा १२ एमपी सोनी सेन्सर रहेको छ जसले इमेज सेन्सर विशेषता भएको एक मात्र स्मार्टफोनको छवि प्रदान गर्दछ । 

१२ एमपी क्यामेरामा ारज्ञ।ड ऐपर्चर रहेको छ जसले ज्ञ।द्धμm ठुलो पिक्सल साइजको उत्कृष्ट फोटो खिच्दछ । रेडमी ८ए को फ्रन्टमा ८ एमपी सेल्फी क्यामेरा रहेको छ र दुवै फ्रन्ट र रियर क्यामेराबाट एआई पोट्रेट मोड सट लिन सकिन्छ ।

रेडमी ८–डु मोर विथ ४ जीबी
आजका मल्टिटास्किङ्ग गर्ने युवाहरुका लागी चौतर्फी अनुभव प्रदान गर्ने उद्देश्यले रेडमी ८ मा ४ जीबी र्याम र ६४ जीबी इन्टिरनल स्टोरेज रहेको छ । 

६४ जीबी र्यामले एक्जस्टिङ्ग स्टोरेज स्पेसको कुनै चिन्ता नगरी सहज उपयोग गर्न मद्दत गर्दछ साथै ४ जीबी निर्बाध मल्टिटास्किंग गर्न मद्दत गर्दछ र यस्तो विशेषता यो भन्दा पहिला यस सेग्मेन्टमा थिएन ।

रेडमी ८ को रियरमा एआई डूअल क्यामेरा सेटअप रहेको छ जसमा १२ एमपी प्राइमेरी सेन्सर र डेडिकेटेड २ एमपी डेप्थ सेनसर रहेको छ । यसले विभिन्न परादृश्यमा ३३ वटा श्रेणीसम्म एआई दृश्य डिटेक्सन सपोर्ट गर्दछ । 

रेडमी ८ को फन्टमा विभिन्न पोट्रेट सेल्फी खिच्न मिल्ने एआई पोट्रेट मोडसहित ८ एमपी क्यामेरा रहेको छ । रेडमी ८ लाई सुन्दर औरा मिररले फिनिसिंग गरिएको छ जसले यसलाई अत्याधिक सुन्दर देखिन्छन् । यसमा १५.८ सीएम अर्थात ६.२ इन्च हाइ डेफिनेसन आईपीएस एलसीडी स्किन रहेको छ । 

सहज सुविधाका लागि रियरमा फिन्गरप्रिन्ट सेन्सर राखिएको छ र यसले एआई फेस अनलक पनि सपोर्ट गर्दछ । प्रयोगकर्ताको अनुभव बढाउन यसमा वायरलेस एफएम रेडियमे र डूअल भोल्ट क्षमता भएको डूअल सिम पनि छ । रेडमी ८ ले डूअल सिम सपोर्ट गर्दछ र यसमा डेडिकेटेड माइक्रो एसडी कार्ड सल्ट छ र २५६ जीबीसम्म स्टोरेज एक्सपान्ड गर्न सकिन्छ । 

शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर सौरभ कोठारीले नयाँ रेडमी ८ र रेडमी ८ ए नेपालमा ल्याउन पाउँदा निकै खुसी लागेको बताए । 

उनले भने, ‘एक ब्राण्डको रुपमा ग्राहकहरुका लागि सुलभ मुल्यमा उत्कृष्ट नविनतम प्रविधि प्रदान गर्नमा विश्वास राख्दछौं । युएसबी टाइप सी १८ वार्ट फास्ट चारिजिंग सपोर्ट र विशाल ५ हजार एमएएच ब्याट्रीका साथ दुवै स्मार्टफोनले गेमलाई अर्को लेबलमा पुर्याउनेछन् । उच्च गुणस्तरीय उत्पादन र यस्तो उत्कृष्ट विशेषताका साथ नेपालका एमआई फ्यानलाई अद्भुत अनुभव प्रदान गर्नेछ भन्ने पक्षमा हामी सकारात्मक छौं ।’

मूल्य
सनसेट रेड, ओसन ब्लू र मिडनाइट ब्लाक कलर भेरियन्टमा उपलब्ध रेडमी ८ ए २जीबी प्लस ३२ जीबी को मुल्य ११ हजार ९ सय ९९ र ३ जीबी प्लस ३२ जीबीको मुल्य १२ हजार ९ सय ९९ रहेको छ । 

४ जीबी प्लस ६४ जीबी भेरियन्टकोे रेडमी ८को १४ हजार ९ सय ९९मा ओनयक्स ब्लाक, रुबी रेड र सेफ्रायर ब्लु कलरमा उपलब्ध हुनेछ । दुवै फोनहरु नोभेम्बर ११बाट सम्पूर्ण एमआईका अधिकृत पार्टनर, डराज डट कम डट एनपी  र सस्तो डिलमा पनि उपलब्ध हुनेछ । 
 

४ बर्ष अगाडि

प्रतिक्रिया