ग्याँसबाट भन्दा बिजुलीबाट खाना पकाउन सस्तो

४ बर्ष अगाडि

नेपालमा खाना पकाउनका लागि ग्याँस भन्दा विजुलीबाट सस्तो पर्ने तथ्य सार्वजनिक भएको छ । 

इन्जिनियरिङ अध्ययन संस्थान पुल्चोकको ऊर्जा अध्ययन केन्द्रले गरेको अध्ययन अनुसार अहिलेको मूल्य अनुसार ग्याँस भन्दा विजुलीबाट खाना पकाउँदा ३६४ रुपैयाँ सस्तो पर्ने तथ्य फेला परेको हो । 

केन्द्रले खाना पकाउन एलपी ग्यास, विद्युत तथा मट्टीतेलबाट लाग्ने खर्चबारे तुलनात्मक अध्ययन गरेको थियो । 

उक्त अध्ययन अनुसार ५ जनाको परिवारले १५ एम्पियरको विद्युत् महसुल अनुसार खाना पकाउन एलपी ग्यासको १४ सय ७८ र बिजुलीको जुनसुकै माध्यमबाट खाना पकाउँदा ११ सय १४ रुपैयाँ पर्ने देखिएको छ । 
केन्द्रले मट्टितेल प्रयोग गरेर खाना बनाउँदा मासिक १२ सय ४० रुपैयाँ खर्च हुने देखिएको थियो । 

खाना पकाउने ऊर्जाको मूल्यबारे नेपालमा भएको सम्भवतः यो नै पहिलो अध्ययन रहेको ऊर्जाविज्ञ प्रा.डा. जगन्नाथ श्रेष्ठले बताए ।  

ऊर्जा अध्ययन केन्द्रले माटोको हिटर, राइस कुकर,  विद्युतीय हट प्लेट, इन्डक्सन चुलो लगायतको अध्ययन गरेको थियो ।

सबैमध्ये विद्युतीय इन्डक्सन चुल्होबाट धेरै फाइदा हुने पनि अध्ययनले देखाएको छ । 

५ जनाको परिवार भएको घरमा इन्डक्सन चुल्होबाट खाना पकाउँदा एक महिनामा जम्मा ९ सय ९० रुपैयाँ मात्रै खर्च लाग्ने अध्ययनले देखाएको छ ।

जसन ग्यासभन्दा ४ सय ८८ रुपैयाँले सस्तो हो । इन्डक्सन चुलेको प्रयोग मट्टितेलबाट चल्ने स्टोभ भन्दा पनि रु २५० सस्तो पर्छ । 

जनतालाई सहज बनाउन राज्यले इन्डक्सन चुल्हो खरिद वा विद्युत् महसुलमा अनुदानको घोषणा गरिनुपर्ने प्रा.डा. श्रेष्ठको भनाइ छ । 

केन्द्रले २०७५ माघ ११ गते अध्ययन गरेकाे भएपनि हालैमात्र तथ्य सार्वजनिक भएकाे हाे । 

४ बर्ष अगाडि

प्रतिक्रिया