रक्सी खाएपछि के खाने ?

कात्तिक २६, २०७६ | आजको अर्थ
ajaako_artha

रक्सी सेवन गर्नेको संख्या विश्वभर नै बढ्दो अवस्थामा छ । अझ चिसो बढी हुने मुलुकमा अल्कोहलका अम्मली झन् बढी हुन्छन् । नेपालमा सबैखाले अल्कोहललाई जनाउन ‘रक्सी’ शब्द प्रयोग गरिन्छ । यहाँ झन्डै ३९ प्रतिशत घरधुरीमा रक्सी पिइन्छ । यसमध्ये २८ प्रतिशत महिला रक्सी पिउँछन् । अल्कोहलले जनस्वास्थ्यमा तत्कालीन र दीर्घकालीन रूपमा असर पारिरहेको हुन्छ । त्यसबाट कसरी उपचार र मुक्ति लिन सकिन्छ भन्ने सवालमा चिकित्सकीय चर्चा यसरी गरिएको छ :

दिमागमा असर

रक्सीले तत्काल दिमागको कार्यप्रणालीलाई सुस्त बनाइदिन्छ । त्यसैले चेतना, विवेक र होसलाई खल्बल्याउँछ । साथै स्मरण शक्ति र सिर्जनशीलता गुम्ने, मानिस शंकालु हुने, कसैमाथि पनि विश्वास नहुने, जिम्मेवारीको भावना लोप हुँदै जाने हुन्छ । यसरी अल्कोहलिक हुँदा बुद्धि र विवेकजन्य पक्षमा गम्भीर ह्रास आउँछ । अनेकौँ अपराधमा संलग्न हुने काममा रक्सी सेवन गर्नेहरूको संलग्नता हुने कारण पनि यही हो । रक्सी चित्तलाई उदास बनाउने (डिप्रेसेन्ट) वस्तु हो । यसले केन्द्रीय स्नायु प्रणाली र दिमागको कार्यक्षमता र प्रणालीलाई झन् मन्द बनाउँछ । रक्सीले पाचन प्रणाली, कलेजो र पेट खराब गर्नाले बान्ता हुन्छ । एक मिनेट पनि बेवकुफ तरिकाले रक्सी खायो भने भोलिपल्ट दिनभरि नै शरीर खराब गरिदिन्छ ।

ककटेल घातक

कहिलेकाहीँ जमघट र पार्टीमा मात्र पिउने मान्छेलाई ‘सोसल ड्रिंकर’ मानिन्छ । तर, अनियन्त्रित मात्रामा पिउनुलाई ‘बिन्ज ड्रिंकिङ’ भनिन्छ । ‘बिन्ज ड्रिंकर’लाई रक्सीको विषाक्तताले बढी असर गर्छ । यस्ता मानिस एकैपटकमा जुनसुकै रक्सी वा पेय लिन्छन्, जसबाट ‘ककटेल’ (रन्थनाहट) पनि हुन्छ । अघिल्लो रात पिएको रक्सीले भोलिपल्ट टाउको दुख्दा औषधिको रूपमा कसैले अलिकति रक्सी नै खाने गरेको देखिन्छ । यो एकदमै गलत तरिका हो । रक्सी एकदमै बढी जलअल्पता (डिहाइड्रेसन) उत्पन्न गर्ने वस्तु हो, जसको तत्काल असर दिमागमा परेको हुन्छ । जलअल्पता भयो भने टाउको दुख्ने, रिंगटा लाग्ने, आँखाको हेर्ने क्षमतामा असर पर्ने, डकार आउने, वाकवाकी लाग्ने, बान्ता पनि हुने, सास फेर्न गाह्रो हुने र मांसपेशी तथा शरीर शिथिल हुन जान्छ । यस्तो वेलामा शरीरको तापक्रम घटेर ‘हाइपोथर्मिया’ हुनसक्छ । कुन अंगलाई असर गर्छ रक्सीको सेवन बढ्दै जाँदा सिरोसिस (कलेजोको रोग), क्षयरोग (टिबी), अल्सरलगायत पेटका विभिन्न रोग देखापर्छ । त्यस्तै मिर्गौलाको खराबी, ग्यास्ट्रिक, पेटको अल्सर, रगतको अल्कोहलीकरण (अल्कोहलाइज), मस्तिष्कघात आदि अनेक रोग पैदा हुन्छन् । रक्सीले कलेजो, पेट, छाती, मुख, माथिल्लो घाँटी, अन्ननली, कण्ठनली आदि सात ठाउँमा त्यति नै प्रकारका क्यान्सर लाग्ने सम्भावना बढी हुन्छ । त्यसमा पनि चुरोट र रक्सी एकसाथ सेवन गर्ने मानिसलाई त घा“टी र मुखको क्यान्सर हुने सम्भावना झन् बढी हुन्छ ।

क्यान्सर र मधुमेहको खतरा

रक्सी बढी खानेको शरीरमा रगतमा हुने ‘फोलेट’ नामक अत्यन्त महत्वपूर्ण भिटामिन कम उत्पादन हुन्छ । यसले क्यान्सरको सम्भावना बढाउँछ । नियमित तथा अधिक रक्सी पिउने मानिसलाई क्यान्सरको सम्भावना बढ्ने कारण यही हो । रक्सीको आदत र धेरै मद्यपान गर्ने मानिसलाई तीन कारणले मधुमेह (डाइबिटिज) लाग्नसक्छ— १. धेरै रक्सी पिइरहने मानिसमा इन्सुलिन उत्पादन गर्ने प्याङ्क्रियाज (अग्नाशय) अंगको संवेदनशीलतामा ह्रास आउँछ । २. रक्सीले प्याङ्क्रियाजमा लाग्ने बिमारले गर्दा इन्सुलिन उत्पादन घट्छ । ३. रक्सीमा धेरै क्यालोरी हुनाले मानिसको तौल बढ्छ र तौल बढेपछि मधुमेहको सम्भावना पनि स्वतः बढ्छ ।

औषधिको रूपमा

एक चिकित्सकको हैसियतले कसैलाई रक्सी पिउन सल्लाह दिन उचित हुँदैन । हप्तामा ६० मिलिग्राम (सानो एक पेग) राम्रो रक्सीले स्वास्थ्यलाई फाइदै हुन्छ । उमेर, लिंग, शरीरको कद, मोटोपन र कति मात्रा कति समयभित्र पिएको हो, रक्सीको असर यी कुरामा निर्भर रहन्छ ।

रक्सी खाएपछि के खाने ?

रक्सी डिहाइड्रेसन गराउने कारण भएकाले रक्सी पिउनुभन्दा कम्तीमा एक घन्टाअघि र रक्सी पिएको एक घन्टापछि फलफूलको रस, प्रशस्त पानी पिउनु बेस हुन्छ । साँझ रक्सी पिएको छ भने पेट बिग्रने सम्भावना घटाउन भोलिपल्ट बिहान एउटा स्याउ, स्ट्रबेरी वा ‘बेरी’ प्रजातिका फलफूल खानु उत्तम हुन्छ । नुनमा लवण र पानीको मात्राले ‘इलेक्ट्रोलाइट’ तत्वको क्षतिलाई ठीक गर्छ । जुन तत्वले शारीरिक क्रियाशीलतामा मनोवैज्ञानिक सन्तुलन मिलाउँछ । साल्मोन जातको माछामा हुने ‘भिटामिन बी–६’ र ‘ओमेगा–३’ ले टाउको वा जिउ दुःख्ने समस्या हट्छ । ओमेगा–३ ले मनस्थिति (मुड) ठीक गर्न सहयोग पु-याउँछ । साल्मोन नपाए पनि हामीकहाँ ट्राउट माछा पाइन्छ । पुदिना वा काँचो अदुवा पिसेर तिल, टिमुर आदि पनि लगाएर बनाएको चटनीले वाकवाकी, डकार, पेट तथा वायुसम्बन्धी समस्या (ग्यास्ट्रिक डिस्ट्रेस) हटाउन रक्सीपछिको खानासँग लिनु राम्रो हुन्छ । रक्सी खाएपछि कम्तीमा २४ घन्टासम्म चिया, कफीजस्ता ‘क्याफिन’युक्त पेय नलिनु उत्तम हुन्छ ।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

बुलियन मार्केट

विनिमय दर

मुद्राखरिदबिक्री
U.S. Dollar१२२.०३१२२.६३
European Euro१३१.६६१३२.३१
UK Pound Sterling१५०.८७१५१.६१
Swiss Franc१२५.०९१२५.७१
Australian Dollar७७.७८७८.१६
Canadian Dollar८६.९२८७.३५
Singapore Dollar८५.६५८६.०८