किन घट्दैछ विद्युत्को माग ?

४ बर्ष अगाडि

विद्युत् प्राधिकरणले  विद्युत्को माग घट्दै गईरहेको बताएको छ ।

नेपाल विद्युत् प्राधिकरणको तथ्यांकअनुसार सोमबार विद्युत् माग २११८४ मेगावाट आवर अर्थात ११६९ मेगावाटमात्र थियो । तर, प्राधिकरणकै प्रक्षेपणअनुसार विद्युत्को माग २२२५ मेगावाट हुनुपर्ने हो । 

एकाध वर्षमा पुसको दोस्रो तेस्रो साता विद्युत् माग वर्षभरिकै उच्च माग पुगे पनि अधिकांश वर्ष लक्ष्मीपूजाकै दिन सबैभन्दा बढी हुन्छ । तर, यसै वर्षको लक्ष्मीपूजाको माग १०८९ मेगावाटमात्र थियो । 

प्राधिकरणको प्रक्षेपणले प्रत्येक वर्ष १० प्रतिशतले बढ्नुपर्ने हो, तर उल्टै घट्न थालेपछि यसले विद्युत् प्राधिकरणलाई मात्र होइन, निजी क्षेत्रमा समेत अन्योल देखिएको छ ।

कारोबार दैनिकबाट


आव                माग (मोगावाट)
२०७२र७३           १३८५
२०७३र७४           १४४४
२०७४र७५           १५०८
२०७५र७६           १३२०
२०७६र७७           ११६९

४ बर्ष अगाडि

प्रतिक्रिया