इन्भेष्टमेन्ट बैंकले १९ प्रतिशत मात्र लाभांश दिने

४ बर्ष अगाडि

नेपाल इन्भेष्टमेन्ट बैंकले आफ्ना शेयरधनीहरुलाई गत वर्षको तुलानामा  आधा मात्र लाभांश वितरण गर्ने भएको छ ।

बैकको आज बसेको  सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७५र०७६ को मुनाफाबाट शेयरधनीलाईउक्त लाभांश प्रस्ताव गरेको हो ।

बैंकले १०.५ बोनस र बोनसमा लाग्ने कर सहित ८.५० प्रतिशत नगद लाभांश गरि कूल १९ प्रतिशत लाभांश वितरण गर्नेछ ।

 उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा बैंकको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछिमात्र शेयरधनीले पाउनेछन्।

४ बर्ष अगाडि

प्रतिक्रिया