सरकारी स्वामित्वको कृषि विकास बैंकको नाफा ५५ करोड १४ लाख

४ बर्ष अगाडि

काठमाडौं – सरकारी स्वामित्वको कृषि विकास बैंकले चालु आवको तीन महिनामा रु ५५ करोड १४ लाख ६१ हजार नाफा गरेको छ । 

बैंकले प्रकाशित गरेको वित्तीय विवरणअनुसार चालु आर्थिक वर्षको पहिलो त्रैमासमा रु  १ खर्ब २३ अर्ब ५४ करोड ६७ लाख  निक्षेप संकलन गरी रु १ खर्ब ११ अर्ब ४६ करोड ५७ लाख कर्जा लगानी गरेको छ ।

बैंकले गत आर्थिक वर्षको तुलनामा निक्षेप संकलन ३ दशमलव १५ प्रतिशतले बढाउँदा कर्जा लगानी शुन्य दशमलव ६० प्रतिशतले बढाएको हो । गत आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकले रु  १ खर्ब १९ अर्ब ७६ करोड ३४ लाख  निक्षेप संकलन गरी रु  १ खर्ब १० अर्ब ७९ करोड ७१ लाख कर्जा लगानी गरेको थियो ।

गत आर्थिक वर्षको पहिलो त्रैमासमा रु  १ अर्ब ८१ करोड ६६ लाख  खुद व्याज आम्दानी गरेको बैंकले रु १५ करोड १४ लाख  खुद व्याज आम्दानी घटाउँदै चालु आर्थिक वर्षको सोही अवधिमा रु  १ अर्ब ६६ करोड ५१ लाख  मात्र व्याज आम्दानी गरेको हो ।

बैंकको वितरणयोग्य नाफा भने रु २६ करोड १७ लाख ९५ हजार  छ । बैंकको प्रतिसेयर आम्दानी २३ रुपैयाँ ३३ पैसा, प्रतिसेयर मूल्य २६३ रुपैयाँ ६५ पैसा छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया