तीन महिना भित्र डिजिटल मुद्रा ल्याउँदै चिन

४ बर्ष अगाडि

एजेन्सी – चीनले अबको केही महिना भित्रै आफ्नो डिजिटल मुद्रा ल्याउने बताईएको छ । 

ताइवानी बहुराष्ट्रिय विद्युतीय साम्रगी उत्पादक फक्सोन टेक्नोलोजी ग्रूप समर्थित एक लगानी कम्पनीका प्रबन्ध साझेदारले चीनले २–३ महीनाभित्र नै डिजिटल मुद्रा ल्याउने बताएका हुन् ।

एचसीएम क्यापिटलका प्रबन्ध साझेदार ज्याक लिक अनुसार चीनले डिजिटल मुद्रा विद्युतीय भुक्तानी (डिसीईपी)नामक फ्रेमवर्कको विकास गरेको छ जसको माध्यमबाट चिनियाँ केन्द्रीय बैंकले वाणिज्य बैंक र अलिपे,विच्याट पे लगायत तेस्रो पक्षीय भुक्तानी सेवाका लागि डिजिटल मुद्रा जारी गर्न सक्ने छ । 

सुरुवातमा यो मद्राशुरुमा यो मुद्रा परिक्षणका रुपमा मात्र ल्याइने र यसको प्रयोग हुन थालेपछि यसले भौतिक मुद्रालाई पूर्ण रुपमा विस्थापित भने नगर्ने बताइएको छ ।

तर विद्युतीय मुद्रा जालसाझी तथा विशेष गरी सम्पत्ति शुद्धीकरण लगायत गैरकानूनी गतिविधीमामा प्रयोग हुन सक्ने भन्दै यसको प्रयोगबारे चेतावनी दिनेको संख्या धेरै रहेको छ।


 

४ बर्ष अगाडि

प्रतिक्रिया