पोखरा फाइनान्सको खुद नाफा दुई करोड ९३ लाख

४ बर्ष अगाडि

पोखरा फाइनान्सले दुई करोड ९३ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।

कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा अघिल्लो वर्षको यसै अवधिको तुलनामा २३.६५ प्रतिशतले खुद नाफा वृद्धि गरेको हो ।

गत आर्थिक वर्षको यसै अवधिको कम्पनीले  दुई करोड ३७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

त्यस्तै कम्पनीले आर्थिक वर्षको तीन महिनाको अवधिमा गएको वर्षको तुलानामा ३२.४६ प्रतिशतले बढएर ८ करोड ५४ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ ।  

उक्त कम्पनीको चुक्ता पूँजी ८५ करोड ७२ लाख रुपैयाँ रहेको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया