‘लोकतन्त्र निरन्तर सुदृढ हुने व्यवस्था हो’ उपसभामुख पोखरेलको भनाई

४ बर्ष अगाडि

प्रदेश नं १ का उपसभामुख सरस्वती पोखरेलले लोकतन्त्र निरन्तर प्रक्रिया भएकाले यो सुधार र सुदृढ हुँदै जाने बताएका छन् । फ्रिडम फोरमद्वारा आज यहाँ आयोजित ‘खुला संसद् अवधारणा र अभ्यास’ छलफल कार्यक्रमलाई उनले सम्बोधन गर्दै संसद्लाई निष्क्रिय हुन नदिन सबैको सक्रिता आवश्यक रहेको बताए 

उनले संसद्मा निर्माण हुने कानूनको विषयगत समितिमा लगेर दफावार छलफलमा विशेषज्ञसमेतको राय र सुझावबाट पारित भइरहेका कानूनले प्रदेशलाई समृद्ध बनाउन मद्दत गर्ने विचार व्यक्त गरे । नेपाली काङ्ग्रेसका प्रमुख सचेतक केदार कार्कीले प्रदेश सभा जनताका प्रतिनिधि भेला हुने थलो भएकाले यसको प्रभावकारिता बढाउन नागरिक समाज र सञ्चारकर्मीको भूमिका महत्वपूर्ण रहने बताए ।

प्रदेश योजना आयोगका उपाध्यक्ष सुवोधराज प्याकुरलले हरेक सरकार खुला, पारदर्शी र जवाफदेही हुनुपर्नेमा जोड दिए । फोरमका संस्थापक एवं कार्यकारी प्रमुख तारानाथ दाहालले प्रदेश सभाका हरेक गतिविधिको अभिलेख राख्नुपर्ने धारणा व्यक्त गरे । फोरमकै कृष्ण सापकोटाले खुला सरकारका विषयमा आफ्नो कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यक्रममा पत्रकार गणेश लम्साल, मोहम्मद सदरुल, विवेक गौतम, लीला वल्भव घिमिरे, कानून व्यवसायी विकास थापाले पनि प्रदेश सभाका गतिविधिका बारेमा चर्चा गरेका थिए ।     
   
 

४ बर्ष अगाडि

प्रतिक्रिया