ढलेका सीमा स्तम्भ ३ महिना सम्म उठेनन्, बाढी आए स्तम्भ बगाउने डर

४ बर्ष अगाडि

कपिलवस्तु – कपिलवस्तुको बिजयनगर गाउँपालिका भारतको सिमा क्षेत्रमा पर्ने स्थानिय तह हो । 
गाउँपालिकाको छेउमा रहेका  सीमा स्तम्भहरुको  अवस्था अहिले जिर्ण छन । दशैभर सिमा विवाद भइरहेको बेला विगत ३ महिना अघि आएको वाढीले ढालेको सिमा स्तम्भको अझै संरक्षण हुन सकेको छैन । गाउँपालिकाको वडा नम्बर ५ र ६ मा रहेका २ खोलामा ५ सीमा स्तम्भ ढालेको थियो । 

विजयनगर गाउँपालिका ५, ठकुरापुर र भारतको बलरामपुर जिल्ला गिद्धहवा सीमामा रहेको पिलर नं. ५७८.७ र त्यस्को आधी किमी उत्तर पिलर नं. ५७८.१० पानीमा लडेको छ । गाउँपालिकाको वार्ड नं. ६ गेडुवाजोत र भारतको प्रतापपुरको सीमा रहेको पिलर नं. ५७७.७ र ५७७.९ ढलेका छन् । ५७७.९ नम्बर पिलर तेस्रो परेर बालुवामा धसिएको छ भने ५७७.७ को आधा भाग पानीमा डुबेको छ । विजयनगर गाउँपालिका १, चमरका जंगलमा अरर्रा नदीको भेलले २ वटा सीमा स्तम्भ क्षतिग्रस्त बनेको स्थानियको भनाई छ  ।

विजयनगर गाउँपालिका ६ का मुकेश थापाले सरकारले सिमा स्तम्भको संरक्षण गर्न नसकेको वताए । “विजयनगर क्षेत्रमा मात्र ५ वडा स्तम्भहरु जिर्ण तथा ढलेका छन अर्का पटकको वर्षातमा ति स्तम्भ बगाउने डर छ” उनले भने ।  दैनिक जसो सिमा क्षेत्रमा पुग्ने नेपाल प्रहरी निरीक्षण गरेर फर्कन वाहेक केहि गर्न सक्दैन । 

हामी दैनिक जसो सो क्षेत्रमा पुग्ने गर्दछौ  एक प्रहरीले भने । बर्षाको भेलले सीमा स्तम्भ लडाएसँगै शसस्त्र प्रहरी बल र नेपाल प्रहरीले सीमा स्तम्भको निगरानी गर्दै आएको छ। सीमास्तम्भ निर्माणका लागि दुइदेशीय टोलीकै आवश्यकता पर्ने भएकाले सोको लागि केन्द्रीयस्तरकै पहल आवश्यक  छ । 

विजयनगर गाउँपालिका ५ का वडा अध्यक्ष अनवर मुसलमानले पटक पटक निरिक्षण गर्न गएको भएपनि कुनै कदम भने चाल्न नसकेको वताए । “सिमा क्षेत्रको कुरा हो यसलाई सामान्य लिनुपनि भएन, तर सिमा स्तम्भ पुन निमार्ण गर्न ढिलाई गर्न हुदैन ”मुसलमानले भने ।

सीमास्तम्भ निर्माणका लागि नेपाल र भारतका दुइ देशीय केन्द्रीयस्तरको सर्वेक्षक सहितको प्राविधिक टोलीले मात्र संरक्षण गर्न सक्ने भएकाले सीमा स्तम्भ संरक्षणमा ढिलाई भएको हो । शसस्त्र प्रहरी गुल्म कृष्णनगर क्षेत्रमा मात्र २ सय ८९ सिमा स्तम्भ रहेका छन जसमा एउटा जङ्गे पिल्लर रहेको छ भने त्यो जिर्ण रहेको छ । केहि स्तम्भ हरु नया बनेका छन केहि पुराना जिर्ण छन जो विभिन्न कारण मर्मत हुन सकिरहेका छैनन शसस्त्र प्रहरी कृष्णनगरका डि एस पि शुशिल शहिले वताए ।

विजयनगर गाउँपालिकाका अध्यक्ष गोपाल थापाले स्तम्भको अवस्था वारे वुझ्न सुरक्षा अधिकारी सहितको टोली पुगेको वताए । दुवै देशका पदाधिकारी बसेर स्तम्भ उठाउनुपर्ने थापाको तर्क छ । स्थानिय निकायले मात्र चाहेर भएन मैले धेरै पटक प्रयास गरेको हु भारतीय पदाधिकारी र नेपालका अधिकारीहरुले यसमा ध्यान दिन आवश्यक छ गाउँपालिकाले सहयोग गर्न तयार छ थापाले भने ।  जिल्लाकै विकट क्षेत्र रहेको जैवावैराठमा रहेका केहि स्तम्भहरु जिर्ण रहेका छन । 

ति स्तम्भलाई पुर्न निमार्ण गर्न आवश्यक देखीन्छ । दुई देशका सीमामा ४६ मुख्य सीमास्तम्भ, २ सय २६ सहायक सीमास्तम्भ र २ सय ६० साना सीमास्तम्भ गरि कुल ५ सय ३२ सीमा स्तम्भ छन्।

४ बर्ष अगाडि

प्रतिक्रिया