स्थानीय लाई मन्त्रालयले हेप्यो : गाउँपालिकाकाे नाम एकथरी, वेवसाइट अर्कै

४ बर्ष अगाडि

५ नम्बर प्रदेशका केही स्थानीय तहको नाम र वेभसाइटको नाम फरकफरक भएपछि जनता अलमल परेका छन् । 

रोल्पाका तीन स्थानीय तहको नाम परिवर्तन गरेको लामो समयसम्म पनि वेभसाइट पुरानै राख्दा जनता अलमल परेका हुन् । 

गंगादेव, परिवर्तन र सुनिलस्मृति गाउँपालिकाको नाम र वेभसाइट फरक फरक रहेको छ । 

गंगादेव गाउँपालिकाले वेभसाइटको नाम सुखीदह राखेको छ । त्यस्तै परिवर्तन गाउँपालिकाले दुइखोली र सुनिलस्मृतिले सुवर्णावती नाम राखेर गाउँपालिकाका वेवसाइट चलाएका छन् । 

जनताले ति गाउँपालिकाको वास्तविक नाम राखेर खोज्दा गाउँपालिकाको वेभसाइट नै भेटिँदैन । 

जसका कारण जनप्रतिनिधिका सम्पर्क नम्बर, नागरिक बडापत्र तथा सेवाशुल्कको बारेमा हेर्न निकै समस्या परेको सुनिलस्मृति गापा ८ का टेक बहादुर रोकाले बताए । 

गाउँपालिका अध्यक्ष गुणेन्द्र घर्तिले आफूहरु उच्च अदालतसम्म मुद्धा लडेर हामी सुनिल स्मृती गाउँपालिका कायम गरायौँ र अहिले कामकाज पनि सुनिलस्मृतिबाटै भएको छ,’ उनले भने ‘संघिय मामिला मन्त्रालयले वेवसाइटको नाम अहिलेसम्म किन परिवर्तन गरेको छैन, जानकारी भएन ।’ 

सबै स्थानीय तहका वेवसाइटहरू संङ्घीय मामला तथा सामान्य प्रशासन मन्त्रालयले निर्माण गरिदिएकाेले मन्त्रालयले समयमै नाम परिवर्तन नगरेर हेपेकाे जनप्रतिनिधीकाे भनाइ छ । 

उनीहरूका अनुसार तीनवटै गाउँपालिकाको नाम परिवर्तन भएको एकवर्षभन्दा बढी भइसकेको भएपनि संघीय मामिला मन्त्रालयले हेलचेक्र्याईँ गरेको हाे । 

मन्त्रालयका अधिकारीहरु भने संघीय मामिला महाशाखाबाट नाम परिवर्तन गर्ने निर्णय भएपनि सूचना शाखाले वेवसाइटको डोमिन परिवर्तन गर्न ढिलाइ भएको बताउँछन् ।  
 

४ बर्ष अगाडि

प्रतिक्रिया