४ वर्षको उमेरमा अभिनय सुरु गर्ने श्रीदेवीबारे यी हुन् चर्चामा नआएका १० कुरा

४ बर्ष अगाडि

भारतीय अभिनेत्री श्रीदेवी सन् १९६९ मा चार वर्षको उमेरमा चलचित्रमा अभियन गर्न सुरु गरेकी थिईन् ।

एबिपि न्यूजको चर्चित कार्यक्र ब्यत्ति विषेशमा सवार्वजनिक गरिएको रिर्पोट अनुसार त्यसको ६ वर्षपछि सन् १९७५ मा हिन्दी चलचित्रमा जुली मार्फत कलाकारको रुपमा डेब्यु गरिन् । चार वर्षको उमेरमा तमिल चलचित्र कन्धन करुणईबाट उनले आफ्नो चलचित्र यात्राको सुरुवात गरेकी थिइन् ।

श्रीदेवीका बारेमा केही जानकारीः  
–सन् १९६९ मा आएको एमए थिरुमुगमको थुनाइवान श्रीदेवीको पहिलो चलचित्र थियो । त्यसमा उनले बालकलाकारको रुपमा काम गरेकी थिइन् ।
–श्रीदेवीको वास्तविक नाम श्री अम्मा यंगर अयप्पन हो । चलचित्रका लागि उनको नाम श्रीदेवी तय गरिएको हो ।
–अनिल कपूर र जितेन्द्रसँग उनको जोडी खुब जमेको थियो । जितेन्द्रसँग उनले १६ चलचित्रमा काम गरिन्, त्यसमा १३ चलचित्र सफल भए ।
–सदमा सन् १९८३ मा रिलिज भएको थियो । यसबाट उनले निकै चर्चा कमाइन् । यो तमिल फिल्म मुंदरम पिराईको रिमेक थियो ।
–श्रीदेवीले धर्मेन्द्र र उनका छोरा सन्नी देओलसँग पनि काम गरेकी छन् ।
–न्या कदम, मकसद, मास्टरजी र नजरानामा राजेश खन्ना र उनको जोडी सफल रह्यो ।
–सन् १९८९ मा आएको चाँदनीबाट उनलाई ठूलो सफलता मिल्यो । उनी यश चोपडाकी प्रिय हिरोइन बनिन् । लम्हेमा फेरि उनीहरुले सँगै काम गरे ।
–उनी खुदा गवाहमा अमिताभ बच्चनका साथ डबल रोलमा देखिइन् । यसअघि उनले चालबाजमा पनि डबल रोल गरेकी थिइन् ।
–मिस्टर इन्डिया सायद भारतको पहिलो साइन्स फिक्सन सुपरहित चलचित्र हो ।
उनले करिअरको सुरुमा आफ्ना लागि डबिङ गरेकी थिइनन् ।

४ बर्ष अगाडि

प्रतिक्रिया