११ वर्षकी कमला घिमिरेको पहिलो गीत सार्वजनिक (भिडियाे सहित)

४ बर्ष अगाडि

११ वर्षकै उमेरमा दोहोरी गीत गाएर चर्चित बनेकी धादिङकी बालिका कमला घिमीरेले पहिलो लोकदोहोरी गीत सार्वजनिक गरेकी छन् । 

काठमाडौंमा भएको एक कार्यक्रममा पहिलो गीत ‘चिया छानेको’ सार्वजनिक गरिएको हो । 

कलाकार तथा सञ्चारकर्मी कृष्ण कँडेल, गीतका लय सर्जक खेम सेन्चुरी, शब्द रचनाकार रमेश बिजी, प्रस्तुतकर्ता शम्भु कुँवर,  निर्देशक तथा कलाकार शंकर बिसी, मोडल निलम ढुंगाना, गायिका कमला घिमिरे, उनका पिता, गायक अमृत सापकोटा, लोक सञ्चारकर्मी नेपालका उपाध्यक्ष चन्द्रमणि गौतम, पत्रकार ऋषि धमला लगायतले उक्त गीतको संयुक्त रुपमा विमोचन गरेका हुन् । 

कलाकार तथा सञ्चारकर्मी कृष्ण कँडेलले कमलाजस्तो प्रतिभा जन्मिदा नेपालको लोक दोहोरी क्षेत्रमा तहल्का मच्चिएको सुनाए । उनले पनि कमलाको प्रतिभालाई सबैले आ–आफ्नो ठाउँबाट सम्मान गर्दै सहयोग गर्न आग्रह गरे । त्यस्तै, उनले संगितबाटनै देशको सीमाको सुरक्षा गर्नुपर्ने बाटाहरु खुल्नुपर्ने बताए । आफू त्यही अभियानमा लागिरहेको पनि उनले सुनाए । 

गीतका प्रस्तुतकर्ता शम्भु कुँवरले उक्त गीतलाई २४ घण्टा नबित्दै बजारमा ल्याएको प्रतिक्रिया दिए । ‘यो गीतलाई दर्शकले अत्यधिक मन पराईदिनुभएको छ। हामी निकै आभारी छौं । युट्युव च्यालनलमार्फत उत्साहजनक प्रतिक्रिया आउँदा सिँगे टिम खुशी छ ’, उनले भने ।  

त्यस्तै कलाकार तथा निर्देशक शंकर बिसीले आफूलाई उक्त गीत तयार पार्नको लागि चूनौति भएको सुनाउँदै समयमै गीत तयार पारेर बजारमा ल्याएको बताए । उनले भने,‘यो गीत तयार गर्न मलाई चूनौति थियो । २४ घण्टामा स्क्रििप्ट तयार पार्न गाह्राे हुन्छ ।

तर मलाई तीन घण्टाभित्रै भिडियो गर्नुथियो, मैले सबै कलाकार समेटेर अहिलेसम्म कसैले गर्न नसकेको काम गरेर देखाएको छु । यसलाई माया गर्नुहोस् ।’

पहिलो दोहोरी गीत बाट एकाएक भाइरल बनेकी धादिङकी कमला घिमिरेको स्वरमा रहेको उनको पहिलो म्युजिक भिडियो सार्वजनिक भएको छ । कमलाले गाएको पहिलो गीत शुभारम्भ डिजिटल म्युजिक प्रा.ली.को लगानीमा बजारमा आएको हो । कमला घिमिरेसँगै अमृत सापकोटाले उक्त गीतमा गीतमा आवाज दिएका छन्। सापकोटालेनै कमलालाई मिडियामा ल्याएका थिए ।

गीतमा नेपालका चर्चित चर्चित मोडलहरूले नृत्य समेत गरेका छन् । शङ्कर बिसीको निर्देशन रहेको भिडियोको छायाङ्कन भने दुर्गा पौडेल र सुरेश श्रेष्ठले गरेका हुन्। भिडियो सम्पादन भने विकास ज्ञवालीले गरेका छन्। भिडियो अहिले निकै भाइरल भएको छ। 

 

 

४ बर्ष अगाडि

प्रतिक्रिया