सिकार गर्ने गएका एकको गोली लागेर मृत्यु

कात्तिक २७, २०७६ | आजको अर्थ
ajaako_artha

उदयपुरको कटारी नगरपालिका–११ गोठडाँडा बस्ने ५९ वर्षीय शङ्कर राउतको गएराति झगडेटार जङ्गलमा गोली लागेर मृत्यु भएको छ ।

रात्रिको समयमा साथीहरुसँग सिकार खेल्न गएको बेला भरुवा बन्दुकको गोली लागेर राउतको मृत्यु भएको इलाका प्रहरी कार्यालय कटारीका प्रमुख प्रेमसागर केसीले बताए। मृतक राउतसहित ६ जना झगडेटारको जङ्गलमा रात्रिको समयमा सिकार खेल्न गएको बताइएको छ ।

राउतसँग कालिजको सिकार गर्न गएकामध्ये दुई जनालाई बुधबार पक्राउ गरेर अहिले अनुसन्धान शुरु गरिएको र बाँकी फरारको खोजी भइरहेको इलाका प्रहरी कार्यालय कटारीका प्रमुख केसीले बताएका छन् ।

गोली लागेको विषयमा पनि प्रहरीले अनुसन्धान शुरु गरेको बताएको छ । मृतक राउतको शवपरीक्षणका लागि घटनास्थलबाट कटारी अस्पतालमा ल्याइएको र घटनास्थलबाट एक थान भरुवा बन्दुक बरामद गरिएको प्रहरीले बताएको छ ।     
 
 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

बुलियन मार्केट

विनिमय दर

मुद्राखरिदबिक्री
U.S. Dollar१२२.०३१२२.६३
European Euro१३१.६६१३२.३१
UK Pound Sterling१५०.८७१५१.६१
Swiss Franc१२५.०९१२५.७१
Australian Dollar७७.७८७८.१६
Canadian Dollar८६.९२८७.३५
Singapore Dollar८५.६५८६.०८