घुस मागेको आरोपमा एक कर्मचारी पक्राउ

४ बर्ष अगाडि

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय मोटरसाइकल प्रदेश नम्बर ३ गुर्जुधारामा छापा मारेको छ।
मोटरसाईकल पास गर्ने क्रममा कार्यालयका एक कर्मचारीले सेवाग्रहीसंँग घुस मागेको आरोपमा अख्तियाररे छापा मारेको थियो । 

अख्तियारले छापा मारी एक कर्मचारीसहित अन्य ४ जनालाई नियन्त्रणमा लिएको स्रोतले बतायो।

अख्तियारको टोलीले कार्यालयका एक नासुलाई नियन्त्रणमा लिएको बताइए पनि कर्मचारीको परिचय खुलाइएको छैन।

४ बर्ष अगाडि

प्रतिक्रिया