१० हजारमा बेचेकी बालिकालाई युवती बनाउन सुई र औषधि

४ बर्ष अगाडि

नेपालबाट दिल्लीको कोठीमा बेचिने बालिकालाई युवती बनाउन सुई र औषधी प्रयोग गरी यौनकार्यमा संलग्न गराएको खुलेको छ ।

मानव बेचबिखन अनुसन्धान ब्युरोले दिल्लीको मधुनबाट उद्धार गरेकी बालिकाले यस्तो कुराको रहस्य खोलेकी हुन् । 

नुवाकोट सुर्यगढी–६ का कान्छिमाया तामाङ भनिने कृष्णमाया लामाले बेचेकी  

नेपालबाट  १५ वर्षे बालिकालाई दिल्लीमा बेचेर युवती बनाउन सुई र औषधी प्रयोग गरी यौनकार्यमा संलग्न गराएको खुलेको छ ।
 
१५ वर्षीया ति बालिकालाई २०७६ माघमा आफ्नै नातेदार पर्ने नुवाकोट सुर्यगढी–६ का कान्छिमाया तामाङ भनिने कृष्णमाया लामाले विक्री गरेकी थिइन् ।

कमजोर आर्थिक अवस्था भएर काठमाडौंको एक होटलमा काम गरिरहेकी ति बालिकालाई लामाले गाउँमा काम लगाउने भन्दै उनलाई भारतमा लगेर बेचेकी थिइन् । 

बसमा चढेपछि वान्ता नहुने औषधि भन्दै लामाले पटक–पटक लठ्याउने औषधि खुवाएर बेहोस् बनाइ दिल्ली पु¥याएको बालिकाले बताएकी छन् । 

दलालले उनलाई रु. १० हजार भारतीय रुपैँयामा मधुनमा कोठी सञ्चालन गरि बसेका लक्ष्मी र हेमालाई बुझाएका थिए ।

त्यसपछि ती बालिकालाई कोठी सञ्चालकले युवती बनाउन एक महिनासम्म कोठामा बन्धक बनाएर सुई र औषधि प्रयोग गरेका थिए ।

एक महिनापछि उनलाई भारतको नयाँ दिल्लीस्थित कोठी नम्बर ५११ मा दुई वर्ष, कोठी नम्बर ६४ मा दुई वर्ष, कोठी नं. नम्बर ६४ मा दुई वर्ष र कोठी नम्बर ४० मा १५ दिन राखेर यौन धन्दामा लगाइएको खुलेको छ ।

त्यसै क्रममा एक नेपाली ग्राहकलाई ती बालिकालाई आफ्नो समस्या राखेपछि उनलाई त्यहाँबाट निकालेर माइती नेपालको नेपालगञ्ज शाखा कार्यालयबाट उद्धार गरियो ।

अहिले २१ वर्ष पुगेकी उनले उद्धारपछि प्रहरीलाई जाहेरी दिएपछि बेचबिखनमा संलग्न कृष्णमाया लामा पक्राउ परेकी हुन् । 
ब्यूरोका अनुसार फरार अभियुक्त नुवाकोट–६ का ४२ वर्षीया शेरबहादुर लामाको खोजी भइरहेको छ ।

मानव बेचबिखन अनुसन्धान ब्यूरोले २७ कात्तिकमा उक्त घटनाबारे विवरण सार्वजनिक गर्दै नेपाली बालिकाहरुलाई भारतका विभिन्न स्थानमा लगेर बिक्री गर्ने क्रममा सुई र अन्य औषधिहरु प्रयोग गरेर युवती बनाउने गरिएको बताएको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया