नर्भिक अस्पतालमा अप्रेशन गरेर फर्केपछि मृगौलामा ढुंगा, पुनः जाँच गरेको २ लाख ६५ हजार

४ बर्ष अगाडि

नर्भिक इण्टरनेशनल अस्पतालले मृगौलामा पत्थरी भएको बिरामीलाई अप्रेशनका नाममा ठगी गरेको फेला परेको छ । 

सिराहाका रामसोभित नायकको मृगौलाको पत्थरी निकालेको भनेपनि ननिकालीकनै उपचारका नाममा २ लाख ६५ हजार रुपैयाँ ठगी गरेको फेला परेको हो ।   

कसरी भयो ठगी ?
अत्यधिक पेट दुखेपछि गएको दशैंको लगत्तै नर्भिक अस्पताल भर्ना भएका नायकको एउटा मृगौलामा १३ एमजी र अर्कोमा ९ एमजीको  पत्थरी फेला परेको थियो । 

डाक्टरको सल्लाह अनुसार १३ एमजीको पत्थरी निकाल्न उनको अप्रेशन भयो । 

तर डिस्चार्ज भएर घर फर्केको चार दिनपछि उनको मृगौलाको पत्थरी ननिकालेको फेला परेको थियो । 

ज्वरो अउने र अप्रेशन गरेको ठाउँ दुख्न थालेपछि शुरुमा अप्रेशन गरेका डाक्टरलाई फोनमा सम्पर्क गरेका नायकलाई डाक्टरले इन्फेक्शन भएको हुनसक्ने भन्दै नर्भिकमा गएर इमेर्जेन्सीमा भर्ना हुन लगाए । 

निकालेको भनिएको पत्थरी ननिकालेको आशंका लागेर नायकले पुन जाँच गर्न प्रस्ताव राखेपनि डक्टरले मानेनन् । 

तर आफूले जिद्धि गरेर भिडियो एक्सरे र सीटी स्क्यान गर्दा दुईटा टुक्रा ढुंगा देखिएको नायकले बताए । अप्रेशन गरेर निकालेको भनेको ठाउँमा फेरी ढुंगा देखिएपनि डक्टरले यो समान्य हो, यसले केही हुँदैन पानी र औषधी खाएपछि निको हुन्छ चिन्ता गर्नुपर्दैन भनेपनि उनले त्यो कुरा मानेनन् । 

अस्पत्ताल व्यवस्थापनले नै सोही कुरा दोहो¥याएपछि उनी डिस्चार्ज हुन तयार भएपनि दुईलाख ६५ हजारको बील हातमा थमाई दिएपनि उनले के वापत लिएको शुल्क हो भनेर जानकारी मागे । 

अहिले नर्भिक अस्पतालले बील जसरी पनि तिर्नुपर्ने भनेको छ भने नायकले आफूले एकपटक अप्रेशन गरेर बील तिरेपनि डाक्टरको लापर्वाहीले थप उपचारमा आउनुपरेको भन्दै दोहोरो खर्च नतिर्ने बताएका छन् । 

सोही विषयमा परेको विवादका कारण उनी अस्पतालमै छन । 

अस्पत्ताल व्यवस्थापनले आज वार्ता गर्ने भनेको उनका आफन्तले बताए । 

‘वार्तापछि के सहमति हुन्छ त्यो कुरा बाहिर आउन बाँकी नै छ तर स्रोतका अनुसार व्यवस्थापन पक्ष अलिअलि लचिलो भएको छ’ उनले भने । 

नर्भिक अस्पतालका प्रवक्ता आरपी मैनालीले भने उक्त विषयमा आफूलाई कुनै जानकारी नभएको बताए ।
 

४ बर्ष अगाडि

प्रतिक्रिया