रेसुङ्गा विमानस्थल जेठसम्म सम्पन्न गर्न मन्त्री ज्ञवालीको निर्देशन

४ बर्ष अगाडि

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले निर्माणाधिन रेसुङ्गा विमानस्थलको काम ६ महिनाभित्र सम्पन्न गर्न निर्देशन दिएका छन् । 

गुल्मीको रेसुङ्गा नगरपालिका १० सिमीचौरमा निर्माणाधिन विमानस्थलको अनुगमन गर्दै मन्त्री ज्ञवालीले निर्माण समिति र निर्माण व्यवासायीलाई ६ महिनाभित्र काम सम्पन्न गर्न निर्देशन दिएका हुन् । 

मन्त्री ज्ञवालीले १२ वर्ष अघि आफू पर्यटनमन्त्री हँुदा विमानस्थल निर्माण प्रकृया प्रारम्भ गरेका थिए । 

तर निर्माण समितिको ढिलासुस्तीका कारण विमानस्थल निर्माण समयमै सम्पन्न हुन नसकेपछि यसपटक आफैले चाँसो देखाएका छन् । 

१ सय १२ रोपनी जग्गामा निर्माण हुन लागेको विमानस्थलको अहिले धावनमार्ग कालोपत्रे र अन्य संरचनाहरु निर्माणको काम  भइरहेको छ ।

धावनमार्ग ७ सय मिटर लम्बाई र ९० मिटर चौडाइको छ । 

अहिलेसम्म ११ करोड रुपैया खर्च भैसकको विमानस्थलमा धावनमार्ग कालोपत्रे र अन्य संरचना निर्माणका लागि रु ८ करोड विनीयोजन भएको निर्माण समितिका अध्यक्ष मधुकृष्ण पन्तले बताए । 
‘निर्माण कार्यले तीव्रता पाईरहेको छ, धावनमार्ग कालोपत्रे गर्ने काम चाँडै सकिन्छ’, उनले भने । 

विमानस्थलमा २०७५ जेठ २५ मा तारा एयरको जहाजमार्फत सफल परिक्षण उडान सम्पन्न भइसकेको छ ।  

समयमै काम सम्पन्न भएमा आगामी २०७७ सालको शुरुवातीसँगै गुल्मेलीहरुको सपनाको रुपमा रहेको विमानस्थलमा नियमति उडान गर्ने लक्ष्य राखिएको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया