न्युनतम १२ सय सीसीभन्दा कम क्षमताका ट्याक्सी चलाउन नपाईने

४ बर्ष अगाडि

१२ सय सीसीभन्दा कम क्षमताका ट्याक्सी चलाउन नपाइन गरी नेपाल सरकारले वनाएको ट्याक्सीको मापदण्ड चाडै कार्यान्वयनमा आउने भएको छ । गुण्स्तरिय सेवाको सुनिश्चित गर्न भन्दै सरकारले नयाँ मापदण्ड लागु गर्ने भएको हो ।

परम्परागत ट्याक्सीलाई क्रमैसँग विस्थावित गर्नका लागी  यातायात व्यवस्था विभागले न्यूनतम १२ सय सीसीलाई मात्रै अनुमति दिने प्रावधान प्रस्ताव गरेको थियो । ट्याक्सीको सेवावारे धेरै जनगुनासो आएकाले त्यसलाई सम्बोधन गर्नका लागी नयाँ मापदण्ड लागु गर्ने तयारीमा रहेको विभाग स्रोतले बतायो ।

नयाँ मापदण्डका ट्याक्सीमा सुरक्षा फिचर्स अनिवार्य गरिनेछन् । हाल रहेका कुनै पनि आधुनिक फिचर्स छैनन् । अब ट्याक्सीभित्रै विभिन्न स्मार्ट प्रणाली र प्रविधिहरु पनि अनिवार्य गर्न लागिएको छ । अब नयाँ मापदण्डअनुसार ट्याक्सीहरुमा अनिवार्य रुपमा विदेशमा जस्तै नेभिगेसनसहितका स्मार्ट प्रविधि जडान गर्नुपर्ने हुन्छ ।

यस्तै ट्याक्सीमा गाडीभित्र हुनैपर्ने विभिन्न न्यूनतम खालका उपयोगी फिचर्सलाई पनि जोड दिइनेछ ।

४ बर्ष अगाडि

प्रतिक्रिया